महेश पाण्डे
चितवन । जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता रत्ननगरमा सुरु भएको छ । रत्ननगर–१३ मा रहेका टोलहरुलाई सहभागी गराई कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष आदर्श बाँनीयाले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

बाँनीयाका अनुसार असोज १९ गते देखि २५ गते सम्म हुने फुटबल प्रतियोगितामा रत्ननगर–१३ मा रहेका टोल बिकास संस्था मध्ये ८ वटा टिमको सहभागिता रहेको छ । सो प्रतियोगितामा बिजेता हुने टिमले खसी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बाँनियाले जानकारी दिए ।

सो कार्यक्रमको उद्धघाटन मंगलबार क्लबका सल्लाहाकार संयोजक प्रल्हाद सापकोटाले गरेका थिए । शुरेस जंग पाण्डेले कार्यक्रम सञ्चालन, क्लबका सचिव दिपेन्द्र लामिछानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रम क्लबका अध्यक्ष राजन दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया