चितवन । विकसित हुदै गएको चितवनमा लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ । सो–रुमको उद्योग बाणिज्य संघ चितवनका अध्यक्षले उदघाटन गरेका हुन् ।

नेपाली ब्राण्ड ‘अर्किड ’ ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ । को लाईट हाउसले लायन्स चोकमा सेवा सुरु गरेको हो । कार्यक्रममा बोल्दै उवासंघ अध्यक्ष श्रेष्ठले युवा ब्यवसायीले चितवनमा नयाँ खालको ब्यवसाय आएको बताए ।

घर तथा होटल , रिसोर्टमा प्रयोग हुनका लागी सुहाउँदो सामाग्रीको लागी परामर्श समेत दिईने संचालक सुवास कंडेलले बताए । चितवनका मान्छेलाई काठमाडौं जना नपर्ने गरी सोरुम संचालन गरेका हौ ’ उनले भने ‘ सामाग्री मात्रै होईन कस्तो लाइृटस सुहाउँछ त्यसको परामर्शको सेवा दिन्छौ । ’ घरमा प्रयोग हुने झुमर , आधुनिक लाईट्सको ब्यवसाय सुरु गरेका हुन ।

तीन जना युवा ब्यवसायी मिलेर सोरुम सुरु गरेका हुन् । विगत २८ वर्षदेखी विद्युतिय सामानको कारोवार गर्दै आएको टोलीले चितवनमा ब्यवसाय सुरु गरेको हो । ‘ घरमा हुने उज्यालोको लागी विशेषज्ञ परामर्श हुन्छ ’ संचालक मध्ये कमल कुंवरले भने ‘ चितवनमाकाठमाडौंको ब्यवसाय चितवनमा लक्षित गरेका हौ । ’ काठमाडौ जान जान पर्ने बाध्यता हटेको उनले बताए ।

तपाईको प्रतिक्रिया