चितवन । फेसबुक कम्प्यूटर सप्लायर्सले ल्यापटप किन्दा आइफोन १३ उपहार योजना ल्याएको छ । नेपालीहरुको महानचाड विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर फेसबुक कम्यूटर सप्लायर्स तथा डि.टी.टेक्नोलोजीले चाडपर्व विशेष उपहार योजना कार्यक्रम ल्याएको हो ।

नारायणगढको लायन्स चोक र खैरहनीको पर्सामा रहेको फेसबुक कम्प्यूटर सप्लायर्स तथा सहिदचोक नारायणगढमा रहेको डि.टी टेक्नोलोजीले विभिन्न ब्राण्डेड ल्यापटप, डेक्स्टप, स्र्माट मोवाइल, एमआई टिभी, कम्यूटरका पार्टस तथा एशोसेरिज बिक्रि बितरण गर्दै आइरहेका छन् । यी सबै सामान खरिदमा पनि विशेष छुट उपहार योजना रहेको सो संस्थाका प्रोपाइटर दिलिप कुमार तामाङले जानकारी दिए ।

बिगत एक दशकदेखि गुणस्तरीय सेवा दिदै आएको संस्थाले कुनैपनि कार्यालयका लागि आवश्यक सुरक्षा मेसिन, सिसि क्यामरा, एटेन्डस मेशिन, फोटोकपी मेशिन लगायतका सामान खरिदमा दशै तिहार र छठ–उपहार योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकलाई आइफोन १३ लक्की ड्र मार्फत उपलब्ध गराइने संस्थाका खैरहनी शाखाका सञ्चालक यमन गुरुङले जानकारी दिए ।

बिगतमा पनी चाडपर्वको अवसर पारेर विशेष उपहार योजनाहरु अन्र्तगत चाड पर्व विशेष छुट तथा उपहार योजना ल्याउने गरेको डि.टी. टेक्नोलोजीका प्रोपाईटर दिपेन्द्र तामाङले जानकारी दिए । उनले भाग्यशाली उपहार योजना यहि कार्तिक ३० गते सम्म लागुहुने भएकाले सामान खÞरीद गरेपछि आफÞनो नामको बिल सुरक्षित राख्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया