चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा आयोजक रत्ननगर मिड नेपालनै विजयी भएको छ ।
आज (आईतबार) टिकौली चौरमा बिजया दशमीको अवसरमा आयोजना गरिएको पुर्वी चितवन पत्रकार मंच र लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बिचको मैत्रीपुर्ण खेलमा रत्ननगर मिड नेपाल ३–२ को गोल अन्तरले विजयी भएको हो ।

मिड नेपालको तर्फबाट प्रतियोगीतामा सुरेश जंग पाण्डेले २ र नगेन्द्रराज पाण्डेले १ गोल गरेका थिए भने पत्रकार मंचको तर्फबाट राजन दिल गुरुङ र मुस्कान काप्रीले १–१ गोल गरेका थिए । प्रतियोगितामा सर्वाधिक २ गोल गर्ने मिड नेपालका सचिव समेत रहेका सुरेश जंग पाण्डे म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको प्रमुख अतिथी रत्ननगर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष केशब आचार्यले विजयी टोलीलाई ट्रफी र प्रतियोगिता सफल पार्न योगदान दिने ब्यक्तीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

चर्चीत खेलाडी अजित चौरेल अंपाएर रहेको सो कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुर्य रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया