चितवन । माडीमा शान्ति आमा समूह बरुवाद्वारा बाबुआमा गुमाएका छोराछोरीलाई आर्थिक सहयोग गरेको छ ।

रोगबाट प्रताडित बनेका माडी -१ निवासी मायाराम महतोलाई उपचारको लागी गाउँबाट उठेको रू १८ हजार १ सय ३० रुपैयाँ र जितिया तथा साँस्कृतिक कार्यक्रम २०७८ बरुवाबाट बचेको रू ५ हजार गरी जम्मा रू २३ हजार १ सय ३० रुपैयाँ रकम उठेको थियो ।

सो रकम संकलन भएको भोलिपल्ट नै बिरामी बाबु मायाराम महतोको मृत्युु भएपछि उक्त रकम शान्ति आमा समूह बरुवाले बाबुआमा गुमाएका छोरा वर्ष -८ का सौरभ महतोलाई पढाई खर्चको लागी सहयोग गरेको सामाजिक अभियान्ता संजय महतोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया