अजित अधिकारी
चितवन । माडीमा आइडिया फर नेपालद्वारा संचालित बृहत खेती अहिले सबैका लागि आकर्षण बनेको छ । एन.आर.एण्ड पार्टनर्सको ब्यबस्थापन र लगानी साथै माडी नगरपालिकाको सहकार्यमा संचालित उक्त बृहत खेती सबैका लागि थप आकर्षण बन्दै गएको हो । सुरुवाती चरणमा फलफूल खेती गरिने भनेर अबधारणा बनाइएको थियो ।

तर लकडाउनका कारण भारत, इटली लगाएतका देशबाट ल्याउने भनिएका विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरु ल्याउन नसकिएपछि बाध्य भएर सबै प्रकारका अन्नबालीहरु लगाइएको फलफूल खेती बिस्तार तथा कृषि पर्यटन प्रबर्द्धन सहयोग तालिम माडीका फिल्ड म्यानेजर टुक नारायण पौडेलले बताए । माडी नगरपालिका ५ स्थित मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म गरिएको उक्त बृहत फलफूलखेतीमा अहिले मकै, गहुँ, धान, तोरी लगाएतका अन्नबालीसंगै विभिन्न समयानुसारका तरकारी बालीहरु लगाइएको छ ।

यसैगरी माछा पालनका लागि झन्डै ५ बिगाहा जग्गामा पोखरी बनाइएको छ । कृषि पर्यटन क्षेत्रको रूपमा परिचीत माडी खासगरी यहाँको खेतीयोग्य उर्बर भुमी भएको हुँदा यसको सदुपयोग गर्दै, बिदेश पलायन युवाहरुलाई आफ्नै देशमा रोजगारीको अबसर सिर्जना गर्नुपर्ने युवाहरुको भनाइ छ । गरे के हुन्न भन्ने कुराको प्रमाणित अहिले युवाहरुले आँफुहरुले गरेको मेहनत र परिश्रममा देखाएका छन् ।

उसो त, अधिकांश युवाहरुमा अहिले देखिएको भोलिबाद परिबृतीले गर्दा पनि अल्छिपना देखिएको हो । यसैअनुरुप आफ्नो देशमा भन्दा पराईको देशमा नै जान रुचाउने परम्परासंगै प्रयाप्त मात्रामा आफ्नै देशमा स्रोत र साधनको उपलब्धता हुन नसक्नु नै बेरोजगारी र पलायनको प्रमुख कारण बनेको हो । यस्तै समस्याको निराकरण गर्न गराउनको लागि युवाहरुलाई रोजगारी दिन सकियोस् भन्ने उदेश्यका साथ उक्त खेती निर्माण गरिएको यसका फिल्ड म्यानेजर पौडेलको भनाइ छ । उनका अनुसार, ४९ बर्षका लागि माडी नगरपालिकासंग लिजमा भाडा दिइने गरि सुरुवात गरिएको समय सिमा अब ३५ बर्ष सम्म रहने बताए ।

उनका अनुसार, अहिलेसम्म विभिन्न शिर्षकमा गरिएको खर्च अनुसार काम पनि तिब्रताका साथ अगाडि बढेको जिकिर गरे । माडी कृषि परियोजना अन्तर्गत रामपुर १० हाईब्रिड बीउ उत्पादनको लागि लगाईको मकै गोड्ने र मल राख्ने कार्य अन्तिम चरणमा पुगेको र केरा, आँप, र कार्प जातका माछा उत्पादन तथा बिक्रीका लागि तयार गरिएको छ । भने अहिले एग्रो नाईन कम्पनीले १० बिगाहा क्षेत्रफलमा लगाएको बीउ धान पाकेको र तोरीको लागि ८ बिगाहा जग्गामा बीउ छर्ने तयारी अन्तिम चरणमा पुगेको फिल्ड म्यानेजर पौडेलले बताए ।

तपाईको प्रतिक्रिया