चितवन । रत्ननगरमा रहेकाे टिकौलीचौरमा बेवारिसे तथा शंकास्पद अवस्थामा अन्दाजी १० दिने शिशुको शव फेला परेको छ ।

चाैरमा स्थानीय बालबालिकाहरु खेल्ने क्रममा शिशुको शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

साे खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय टाँडीकाे टाेलि साे स्थानमा पुगेकाे थियाे । प्रहरीका अनुसार जन्मिएको अन्दाजी हप्ता १० दिन जस्तो देखिने शिशु बालिका रहेकाे र शिशुको शरीरका अंगहरु कुहिन सुरु गरेको अवस्थामा शब भेटिएको थियाे ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र बहादुर रानाका अनुसार अहिले शवलाई प्लास्टिकमा प्याक गरि सरकारी अस्पताल भरतपुरमा पोस्टमार्टमका लागि लगिएको र शवको सम्वन्धित व्यक्ति पहिचानका लागि अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया