चितवन । रत्ननगरमा जन प्रतिनिधिबाट नै बन्धक बनाइएको भन्दै तीन पार्टीद्वारा कार्वाहीकाे माग गरेका छन् ।

रत्ननगर-१५ मा रहेका नेपाली कांग्रेसका वडा सभापति शिव प्र तिवारी, नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष श्री दिल वहादुर बुढाथोकी र ने.क.पा एकिकृत समाजवादी का वडा अध्यक्ष श्री मदन भुजेलले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै रत्ननगर १५ का दुई जन प्रतिनिधि लिला देवी पोखरेल र राम व. लामाले गत कार्तिक ५ गतेका दिन रत्ननगर सिवालय टोल विकास संस्थाले रथ्ननगर १५ नं. वडा कार्यालयमा आयोजना गरेकाे वडादशैं, शुभ-दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजना गर्न लागेको रत्ननगर १५ भित्रका १९ वटै टोल विकास संस्थाका अध्यक्ष र रनपा १५ को वडा अध्यक्ष सहित खेलकुद संचालन सन्दर्भमा बैठक चलिरहदा बन्धक बनाइएको भन्दै कार्वाहीकाे माग गरिएकाे हाे ।

प्रेस विज्ञप्ती यस्ताे रहेकाे छ ।

मिति २०७८/०७/०६

मिति २०७८ साल कार्तिक ५ गतेका दिन रत्ननगर सिवालय टोल विकास संस्थाले १५ वडा कार्यालयमा आयोजना गरेको वडादशैं, शुभ-दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजना गर्न लागेको रत्ननगर १५ भित्रका १९ वटै टोल विकास संस्थाका अध्यक्ष र यसै रनपा १५ को वडा अध्यक्ष सहित खेलकुद संचालन सन्दर्भमा बैठक चलिरहदा जिल्ला समन्वय समिति सदस्य तथा यसै वडाको वडा सदस्य (जनप्रतिधि) श्री लिला देवी पोखरेल र जन प्रतिनिधी श्री राम व. लामाले बडा कार्यालय भवन र बाहिरी गेटमा ताला चावि लगाई शरीर बन्धक बनाएको
विषयमा नेपाली कांग्रेस, ने.क.पा माओवादी केन्द्र र
ने.क.पा एकिकृत समाजवादी र.न.पा १५ को गम्भीर
ध्यानाकर्षण भएको छ । यस्ता गलत प्रवृती विरुद्ध
तिन वटै राजीति दल डटेर सामाना गर्ने प्रतिवद्धता
समेत जाहेर गर्दछौ । यस्ता प्रकारको गलत सोच, गलत
प्रवृती कार्य प्रति घोर निन्दा गर्दै सम्वन्धित दोषीहरुलाई कानून वमोजिम कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गर्दछौं ।

१) नेपाली कांग्रेस वडा सभापति श्री शिव प्र तिवारी
२) नेकपा (माओवादी केन्द्र) वडा अध्यक्ष श्री दिल व
बुढाथोकी
३) ने.क.पा एकिकृत समाजवादी वडा अध्यक्ष श्री मदन भुजेल

तपाईको प्रतिक्रिया