महेश पाण्डे
चितवन । शैक्षिक परामर्शको क्षेत्रमा धेरै बिद्यार्थीको रोजाईमा परेको एडभोएले नेपालमै पहिलो पटक फ्रि भर्चुयल एण्ड हाइब्रिड एजुकेशन फेयर सम्पन्न गरेको छ । एडभोएले युकेमा रहेकका ३० भन्दा बढी बिश्वबिद्यालयका प्रतिनिधिसँग कार्यक्रममा उपस्थित रहेका बिद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा युकेमा बिद्यार्थीहरुले पढ्ने बिषय र उनिहरुले त्यहा रहदा गर्नुपर्ने कामहरुको बारेमा जानकारी दिएको थियो ।

काठमाण्डौको एभरेष्ट होटल र चितनवको फर्न रेजिडेन्सिमा एडभोएले एकैसाथ पहिलो पटक फ्रि भर्चुयल एण्ड हाइब्रिड एजुकेशन फेयर गरेको हो । जसमा पहिलो सत्रमा ओयबिनार तथा दोस्रो सत्रमा बिद्यार्थीहरुलाई ईन्टरनेटका माध्यमबाट युकेका बिभिन्न बिश्वबिद्यालयसँग जोड्ने काम गरिएको एडभोएका चितवनका प्रबन्ध निर्देशक सुरज पौडेलले जानकारी दिए ।

पौडेलले एडभोए एउटा डिजिटल प्लेटफर्म भएको जानकारी दिदै बिद्यार्थीहरुले घरमै बसेर पनि ल्यापटप वा मोबाइल्का माध्यमबाट युकेमा रहेका हजारौ कोर्सहरु र सयौँ बिश्वबिद्यालयहरुमा निवेदन दिन सकिने जानकारी दिए । सो कार्यक्रममा चितवन तथा नवलपारासीबाट करिब २०० जना भन्दा बढी बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया