चितवन । बिश्व पोलियो दिवसको ( २४ अक्टोबर ) पूर्व सँन्ध्याको अवसर पारेर रोटरी अन्तराष्ट्रीय डिष्ट्रिक्ट ३२९२ नेपाल – भुटान अन्तरगत चितवन , गैंडाकोट तथा कावासोतीमा अवस्थित आठ वटा रोटरी क्लबहरूको संयुक्त आयोजना तथा रोटर्याक्ट क्लब , ईन्टर्याक्ट क्लब र चितवन साइकल राईडर्स क्लबको सहभागितामा आज एक बृहत् पोलियो सचेतना साईकल -याली सम्पन्न भएकाे छ ।

चितवन उद्योग बाणिज्य संघ, नारायणगढको परिसर बाट शुरू भएको साईकल रैली पुल्चौक , भरतपुर मुख्य राजमार्ग हुदैं टिकौली , रत्ननगर बजार बाट भित्री बाटो , चित्रसारी पुल , हात्ती चौक हुदैं सौराह स्थित होटल पार्क सफारी पुगेर -याली समापन गरिएको थियो ।

साईकल -याली शुरू गर्नु भन्दा अघि जोन २९ का असिष्टेन्ट गभर्नर तथा डिष्ट्रिक्ट पोलियोप्लस कमिटिको सल्लाहकार रो. शरद गोपाल न्याच्छ्यौं , जोन ३० का असिष्टेन्ट गभर्नर रो. नारायण प्रधान र रिजनल पोलियोप्लस कमिटी रिजन ६ का चेयर रो. बिपिन पोख्रेलको उपस्थितीमा प्रमुख अतिथी रोटरी अन्तराष्ट्रीय डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका पूर्व डिष्ट्रिक्ट गभर्नर रो. रबिन्द्र कुमार पियाज्यूले चितवन साईकल राईडर्स क्लबका अध्यक्ष नबिन खरेल लाई नेपालको राष्ट्रीय झण्डा हस्तान्तरण गर्नु भै साईकल रैलीको शुभारम्भ गर्नु भएको थियो ।

उक्त साईकल रैली लाई ब्यबस्थित र नियन्त्रण गर्न टिम लिडरको भूमिकामा नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष तथा चितवन साईकल राईडर्स क्लबका सल्लाहकार रो. निरञ्जन प्रधान र उपाध्यक्ष पदम क्षेत्री रहनु भएको थियो । कार्यक्रममा रिजन ६ अन्तर्गत चितवन , गैंडाकोट र कावासोतीका अध्यक्षहरू तथा प्रतिनिधिहरू क्रमश: चितवन रोटरी क्लबका अध्यक्ष रो. ज्ञानेन्द्र मान शाक्य , रत्ननगर रोटरी क्लबका अध्यक्ष रो. निराजन खनाल , नारायणगढ रोटरी क्लबका अध्यक्ष रो. अरूण खनाल , भरतपुर रोटरी क्लबका अध्यक्ष रो. राजेन्द्र कुमार पिया , नारायणी मिड टाउन रोटरी क्लबका निर्बाचित अध्यक्ष रो. श्वेता उपाध्याय र पूर्बी चितवन रोटरी क्लबका अध्यक्ष रो. राममणी न्यौपाने लगायत रोट्र्याक्टर , ईन्टर्याक्टर र नन् रोटरीयनहरूको उलेख्य सहभागीता रहेको थियो ।

आजै शनिवार रोटरी क्लब अफ रत्ननगरका साप्ताहिक नियमित बैठक पनि रहेको हुँदा क्लबका अध्यक्ष रो. निराजन खनालले साईकल रैलीमा सहभागी सम्पूर्णलाई स्वागत गर्नु हुँदै बैठक संचालन गर्नु भएको थियो । आजको साे साईकल -याली रोट्र्याक्ट क्लब अफ पशुपति काठमाण्डौका प्रस्तावित महिला सदस्य अनु काफ्ले लाई -यालीमा सहभागी हुनु भै यात्रा पुरा गर्नु भएकोमा बैठकमा सम्मान गरिएको थियो ।

उक्त सचेतना साईकल रैलीमा रोटरीयन , रोट्र्याक्टर , ईन्टर्याक्टर र नन् रोटरीयनहरू गरी करिब १३० जना भन्दा बढीको सहभागिता रहेको थियो । साईकल रैलीको एकतर्फी दुरी करिब १८ किलो मीटर रहेको थियो । कार्यक्रम समापन पश्चात पोलियो सचेतना -यालीमा सहभागी सम्पूर्ण लाई रत्ननगर रोटरी क्लबको तर्फ बाट होटल पार्क सफारीमा चिया पानकाे ब्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया