महेश पाण्डे
चितवन । बिश्व पोलियो दिवसको अवसरमा चितवन र नवलपरासीका ८ वटा रोटरी क्लबहरुले गरेको बृहत मोटर –याली सम्पन्न भएको छ ।
रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ कावासोतीको संयुक्त आयोजनामा आईतबार बृहत मोटर –याली सम्पन्न भएको हो ।

बिहान करिब ७ बजे पूर्वी चितवनको पर्साबाट सुरु भएको –याली, भरतपुर, नारायणगढ हुदै गैडाकोटबाट पुन फर्किएर उद्योग वाणिज्य संघ चितवनको सभाहलमा गएर सम्पन्न भएको सो कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष एवं रिजनल पोलियोप्लस कमिटी रिजन ६ का चेयर विपिन पोखरेलले जानकारी दिए ।

संयोजक पोखरेलले सो कार्यक्रम समाजमा पोलीयो सम्बन्धी सचेतना जगाउने उद्देश्यले रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबहरु मिलेर यही कात्तिक ६ गते नारायणगढबाट सौराहा सम्म साईकल –याली गरिएको र आईतबार ७ गते मोटर –याली को आयोजना गरिएको जानकारी दिए ।
आइतबारको मोटर –यालीमा ३५० भन्दा बढीको सहभागिता रहेको संयोजक पोखरेलले बताए । पोखरेलका अनुसार नारायणगढको –याली शहिद चोकमा पुगेर शान्तिका प्रतिक परेवा तथा बेलुन उडाइएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि पास्ट डिस्ट्रिक गर्भनर रबिन्द्र पिया रहेका थिए भने, असिन्टेन्ट गर्भनर नारायण प्रधान, शरद गोया न्याछोः लगाएतको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मुलनका लागि सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाईजेरिया बाहेक अन्य देशमा पोलियो रोग छैन ।

नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् । तर सरकारले प्रत्येक वर्ष पोलियो खोप अभियान भने सञ्चालन गर्दै आएको छ । यता सन् १९७९ बाट रोटरीले पनि पोलियो उन्मुलनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया