महेश पाण्डे
चितवन । माेफसलकाे चितवनबाट सञ्चालनमा रहेकाे फिल्मी पाटी मिडियाले आफ्नाे पहिलाे वाेभसिरिज कलेज लाइफकाे सफलता पछि दाेस्राे वाेभसिरिज लभ फिप्टी फिप्टी बनाउने भएकाे छ । शनिबार रत्ननगरमा एक कार्यक्रमकाे आयाेजना गरि फिल्मी पाटी मिडियाले साे कुराकाे जानकारी दिएकाे हाे ।

करिब ५ लाखकाे लगानीमा बन्ने साे वाेभसिरिजकाे १० देखि १२ भाग सम्म हुन सक्ने वाेभसिरिजका निर्माता तथा कलाकार मुस्कान काप्रीले जननकारी दिए । उनले वाेभसिरिजकाे छायांकन कार्तिक २४ गतेदेखि चितवन, मकवानपुर र नवलपरासीका विभिन्न ठाउँमा हुने जानकारी दिए ।

वाेभसिरिजका निर्देशक आभाष रानाले वाेभसिरिज त्रिकाेणात्मक लभ स्टाेरीमा आधारीत रहने जानकारी दिए ।

वाेभसिरिजमा कलाकारहरु अनुज गुप्ता, आर्य अधिकारी, तृप्ती श्रेष्ठ, मुस्कान काप्री, बुद्धिमान गुरुङ, दिपक अधिकारी, भिम ढुङ्गेल, जयराम श्रेष्ठ, समीक्षा भट्ट लगाएका रहेका छन् । त्यस्तै बालकलाकारमा रजत कार्की, तेन्जु श्रेष्ठ, आराेही देवकाेटा रहेका छन् । साे वाेभसिरिजमा फिल्मी पाटीका सञ्चालक तथा सञ्चारकर्मी सागर ढुङ्गाना, मुस्कान काप्री, सुवास गाैतम काे लगानी रहने छ भने अकंत श्रेष्ठले कथा लेखेका छन् ।

फिल्मी पाटी मिडियाका सञ्चालक सागर ढुङ्गानाले चितवनमा रहेर कुनैपनि चलचित्र बनाउन गार्हाे हुने भएपनि साेच र चाहाना भयाे भने डिजिटल माध्यमबाट संसार जाेड्न सकिने भएकाले वाेभसिरिज लभ फिप्टी फिप्टी बनाउन लागेकाे बताए । उनले युवा पुस्तामा हुने माया प्रेमलाई समेटेर करिब १५ मिनेटकाे १० देखि १२ भाग सम्मकाे वाेभसिरिज निर्माण हुने जानकारी दिए ।

साे कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजु अधिकारी रहेका थिए । उनले वाेभसिरिजकाे सफलताको शुभकामना पनि ब्यक्त गरे । कार्यक्रममा कलाकार केवल जंग कुंवर, सह निर्माता भिम ढुङ्गेल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया