महेश पाण्डे
चितवन । फलफुलको राजा भनेर चिनिने किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि आइपुगेको छ । धनकुटाको चौबीसे गाउँपालिका–६ राजारानाीमा रहेको माउण्ट एभरेष्ट वाइनरी प्रालिले उत्पादन गरेको प्रिन्सेस वाइन अब चितवनको बजारमा पनि आएको हो ।

यस अघि प्रदेश १, २ र बागमती प्रदेश, प्रदेश नं ४ अन्र्तगत गण्डकीको पोखरा लगाएतका धौलागिरी क्षेत्रका बिभिन्न ठाउँमा बिक्री शुरु गरिसकेको प्रिन्सेस वाइनले शुक्रबार चितवनको भरतपुरमा पनि एक कार्यक्रमको आयोजना गरि चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघका अध्यक्ष गोविन्द पाण्डेकोे हातबाट आफ्नो बिक्री बितरणको शुभारम्भ गरेका हो ।

हाल प्रिन्सेस वाइन रेड र ह्वाइटमा उपलब्ध रहेको र चाँडै अन्य स्वादमा पनि निकाल्ने सोच रहेको एभरेष्ट वाइनरीका सञ्चालक विष्णु बास्तोलाले जानकारी दिए । उनले स्वदेशकै उत्पादन फलफूलको राजा किविलाई प्रशोधन गर्दै देशमै अत्याधुनिक प्रविधिबाट सो वाइनको उत्पादन सुरु गरिएको जानकारी दिए । बास्तोलाले स्वदेशमै अन्र्तराष्ट्रिय स्वाद र गुणस्तर दिने उद्धेश्यले प्रिन्सेस वाइनको उत्पादन शुरु गरिएको र बिस्तारै सोहि अनुसार बजार बिस्तार पनि गर्दै लगिएको बताए ।

सो वाइनका क्षेत्रिय बजार प्रतिनिधि राजेन्द्र न्यौपानेले चिसो हावापानी र वातावरणमा फल्ने फलफूलको राजा मानिने किविलाई प्रशोधन गरी उत्पादन गरिएको प्रिन्सेस वाइनमा अल्कोहलको मात्रा ११ दशमलब ५ प्रतिशत रहेको जानकारी दिए । उनले चितवनमा धेरै पर्यटकिय क्षेत्रपनि रहेको र बजारका हिसाबले पनि उपयुक्त भएकाले केहि भएपनि नया स्वाद चितवनमा पस्कन पनि सो वाइनलाई बिक्रि बितरण गर्न सुरु गरिएको धारणा ब्यक्त गरे ।

कम्पनिका अर्का सञ्चालक सीताराम पाठकले वाइन पारखीहरुका लागि प्रिन्सेस वाइन अहिले सम्मकै नयाँ स्वादमा उपलब्ध भएकोे बताए । पाठकले अहिले नेपालमा हुने गरेको वाइनको उत्पादन मध्य २० प्रतिशत आफ्नो वाइनले लिनेमा आफुहरु आशावादी रहको जिकिर गरे । देश तथा विदेशबाट अनुभव लिएर आएका प्राविधिकहरुबाट वाइन तयार गरिएको बताउदै पाठकले चितवनका ग्राहकको रोजाइमा समेत प्रिन्सेस वाइन पर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

हाल प्रिन्सेस ब्राण्डको वाइनको मूल्य रु ८२५ रुपैयाँ रहेको कम्पनिका अर्का सञ्चालक करण शाहले बताए । उनले किविको स्वादमा रेड र ह्वाइट दुवै कलरमा पाइने वाइनको बोतलमा ७५० एमएलको परिणाम रहने जानकारी दिए ।

तपाईको प्रतिक्रिया