डा.सन्तोष शर्मा भुषाल
(चितवन मुटु अस्पताल)

मौसम को परिवर्तन संगै हिजो आज केही चिसोपना को अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसो को घाम ले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुदैछ। तर बाताबरण सङै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसम मा देखिने रोग हरु र जाडो मौसममा देखिने रोग केही फरक हुने गर्दछ।गर्मी मौसम मा बिशेषत ज्वरो ( भाइरल ज्वरो , टाइफाइड , डेङु आदि ), छालाको रोगहरु , आँखा का संक्रमण , मौसमी फ्लू का बिरामी बढी मात्रामा देखिने गर्दथ्यो ।

तर अब चिसो मौसम बढ्दै जादा चिसो मौसम मा देखिने र पहिले भएका दीर्घकालिन बिरामि मा संक्रमण को जोखिम बढ्दै जाने गर्दछ। आउनुहोस , चिसो मौसम मा देखिने रोग र यस बाट कसरी बच्न सकिन्छ भन्ने बारे केही जानकारी साटासाट गरौ ।

१. सामान्य मौसमी रुघाखोकी

चिसो सङै रुघा लाग्ने खोकी लाग्ने बिरामी को सङ्ख्या बढ्दै गएको छ। यो मौसमी फ्लू भएका हुनाले केहि दिन को अन्तराल मा आफै निको हुने र गार्हो भएको खण्डमा केही एलर्जी हटाउने औषधि र ज्वरो देखा परेमा प्यारासिटामोल मात्रै लिन सकिन्छ। यस्तो अबस्थामा चिकित्सक को सल्लाह बिना र अन्य संक्रमण नभएको अबस्था मा Antibiotics औषाधी को प्रयोग आवश्यक पर्दैन।

२. दम ( COPD & Asthma)

माथी प्रयोग भएका शब्दावली Copd भन्नाले चुरोट वा धुवाको कारणले दीर्घकालीन रुपमा फोक्सो बिग्रेको अबस्था मा लाग्ने दम भन्ने बुझाउछ र Asthma भन्नाले कुनै पनि एलर्जी ले हुने दम भन्ने बुझाउछ। यस्ता रोग लागेका बिरामी बर्ग ले चिसो मौसम मा बिशेष ध्यान पुर्याउनु नसकेको खण्डमा छाती को संक्रमणको जोखिम बढ्ने गर्दछ। निमोनिया , ब्रोन्काइटिस जस्ता रोग लागि अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आउन सक्दछ भने कहिले कहिँ छाती को गम्भीर संक्रमण ले ज्यान पनि जान सक्दछ। दम भएका बिरामी ले आफू लाई न्यानो राख्ने , तातो पानी को सेवन गर्ने ,आफुले दम का लागि प्रयोग गर्दै आएका औषधिको नियमित सेवन चिकित्सक सङ निरन्तर सम्पर्क मा बस्नुपर्दछ।

३. घाँटी तथा माथिल्लो स्वास नलीका संक्रमण

चिसो समयमा घाँटी तथा माथिल्लो स्वास नलीका संक्रमणहरु सामान्री तया धेरै नै देखिन्छ। टन्सिल संक्रमण हुने देखि स्वास नलि मा इन्फेक्सन हुने हुदा बिरामी लाई घाँटी मा दुखाइ हुने , निल्न गार्हो पर्ने , खोकी लाग्ने रुघा लाग्ने देखि कहिले काहीँ ठुलै संक्रमण सम्म देखा पर्ने हुन सक्दछ।
त्यस्तो समस्या आएमा चिकित्सक को सल्लाह मा सामान्य देखि कहिले काहीँ एन्टिबायोटिक को सेवन पनि आवश्यकता पर्दछ।

४. फ्रोस्ट बाइट

फ्रोस्ट बाइट अर्थात शीतदंश/ तुषारागात ।अत्यधिक चिसोको सम्पर्क मा हाम्रो शरीर आउदा हाम्रो शरीरमा मा भएको तातोपना कम हुँदै जाने र अनन्त चिसो बाट शरीर का भाग हरु जम्ने समस्या तुषारागात हो। यो विशेष गरि औंला हरु मा , नाक मा , कान मा देखिने गर्दछ। यस बाट बच्न चिसो मौसममा हात गोडा मा मोजा पन्जा लगाउने , न्यानो टोपी कपडा लगाउने र अत्यन्त जरुरि नपर्दा सम्म घर बाहिर ननिस्कने गर्नु पर्दछ।

५. जोर्नी दुख्ने समस्या

जोर्नी मा हुने समस्या जस्तै बाथ( Rheumatoid Arthritis ) का रोगी हरु विशेषत जाडो मौसममा ध्यान पुराउनु पर्ने हुन्छ। बाथ रोग लागि औषधिको सेवन गरि रहनु भएका बिरामी मा चिसो को कारण दुखाइ बढ्ने जोर्नि सुन्निने समस्या बढेर जान सक्छ। त्यसकारण त्यस्तो बिरामी बर्ग ले आफु लाई चिसो बाट बचाउन बिशेष ध्यान दिनु पर्दछ।

तपाईको प्रतिक्रिया