चितवन । प्राय सहकारीमा राजनैतिक रस्साकस्सी नदेखिने गरेपनि चितवनकाे कालिका नगरपालिका- ६ स्थित खोलेसिमलमा रहेको सुरक्षित वचत तथा ऋण सहकारीमा भने नेतृत्वकोलागि अल्लि फरक माहाेल बनेकाे छ । संस्थाको नेतृत्व कसले लिने भन्ने बिषयमा सहमति नजुटेपछि निर्वाचनबाट मात्रै संस्थाकाे नेतृत्व चयन हुने भएको छ । साे संस्थाकाे नेतृत्वकोलाग निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे गठबन्धन र कांग्रेसले एकल प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् ।

सहकारीको एमाले माओवादी प्यानलबाट ओमप्रसाद लामिछाने अध्यक्षका उम्मेदवार रहेका छन । अध्यक्ष पदसहित ३ जना सदस्य र एक जना लेखा सदस्य माओवादीको भागमा छ भने वाँकी एमालेका उम्मेदवार रहेका छन ।
लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा दिपक लामिछाने, सचिवमा लालु प्रसाद दाहाल, कोषाध्यक्षमा कविता न्यौपानेले उम्मेदवारी दिएका छन । संचालक समिति सदस्यहरुमा गोमा आचार्य घिमिरे, खेमलाल अधिकारी, शिशिर सिंखडा, नरवहादुर जिसी,कृष्ण प्रसाद भट्ट, नन्द प्रसाद लामिछाने र मेघराज पन्तको उम्मेदवारी रहेको छ । लेखा सुपरिवेक्षण समिति संयोजकमा विष्णुमणि लामिछाने तथा सदस्यहरुमा होमप्रसाद भट्ट र वुद्धि बोम्जनले उम्मेदवारी दिएका छन।

कांग्रेस प्यानलबाट अध्यक्षमा हरिप्रसाद भण्डारीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा भिम प्रसाद खनाल, सचिवमा विद्याधर वास्तोला, कोषाध्यक्षमा जितेन्द्र वाग्ले तथा संचालक सदस्यमा विन्दा कुमारी खनाल, पुरुषोतम कडेंल, टंक वहादुर थापा, शर्मिला लामिछाने सिंखडा, जयलाल कडेंल, किशोर अधिकारी र गणेश प्रसाद रेग्मीले उम्मेदवारी दिएका छन् । सो समुहबाट लेखा सुपरिवेक्षण समिति संयोजकमा रामकृष्ण लम्साल तथा सदस्यहरुमा युवराज खतिवडा र कृष्णराज लामिछानेले उम्मेदवारी प्रस्तुत गरेका छन् । सुरक्षित वचत तथा ऋण सहकारी चितवनको पुरानो र ठुलो मध्येको एक सस्था हो । भोलि कार्तिक २५ गते हुने निर्वाचनमा १ हजार ६६७ जना शेयर सदस्यले मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया