चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट १ क्वीन्टल ८४ किलो ३५० ग्राम अबैध लागु औषध चरेश बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाका अनुसार रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश प्रहरीले बरामद गरेको हो ।

रानाका अनुसार कसैले नचिन्नको लागि चेवनप्रासको बट्टामा शिल गरेर चरेश प्याक गरीएको अबस्थामा फेला पारिएको जानकारी दिए ।

उनले रत्ननगर वडा नं. १५ माधवपुरमा बस्ने उद्धव अधिकारीले स्थानीयवासी विष्णु पन्तको घरलाई गोदामका रुपमा प्रयोग गर्दै उक्त लागु औषध भण्डारण गरेर राखेको पाइएको जानकारी दिए । सो गोदाममा १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश भेटिएको रानाको भनाई छ । उनले सोही चरेश कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया