अजित अधिकारी
चितवन । बि.स.२०५८ सालदेखि माडीको कुसुम खोलामा बस्दै आएका दिप बहादुर स्याङ्तान अहिले परुई खोलाको किनारमा बिगत ३ बर्षदेखि बस्दै आएका छन् । बि.स.२०२३ साल असार १५ गते मकवानपुर जिल्लामा जन्मिएका स्याङ्तान घाँटीमा समस्या देखिएपछि रोगबाट प्रताडित बनेका हुन् । उनी अहिले पहिला जस्तो त्यति धेरै बोल्न सक्दैनन् । बिरामी स्याङ्तानका अनुसार, पहिला घाँटीको दायाँ भागतिर सामान्य दुख्न थालेको थियो । केहि नहोला नि, भन्दै घरको कामकाजमा ब्यस्त भए । काम नगरुँ भने बिहान बेलुकाको छाक तार्न मुस्किल हुन्छ । फेरी काम नगरी कसरी जहाँन परिवार पाल्ने भन्ने चिन्ताले सताउन थालेपछि जसोतसो घाँटीको दुखाइ सहेर काम गरे । उपचारका लागि मेलापात गरेरै भएपनि पैसाको जोहो गर्न थाले । अहिलेसम्म आँफुले जोहो गरेको रकम र वरपर ऋण लिएर गरेको पैसाले उपचार गरे । तर आँफुसंग प्रयाप्त मात्रामा आर्थिक रकम नभएपछि उपचार गर्न असहज भएको बताउछन् । चितवन भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्दै आएको र डाक्टरका अनुसार अहिले तत्काल अप्रेसन गर्न नमिल्ने र किम्बु चलाउनु पर्ने र जसको लागि प्राप्त रकम चाहिने स्याङ्तानको भनाइ छ । उनी भन्छन् अहिलेसम्म झन्डै २ लाख उपचारमा खर्च भइसक्यो । तर अझैपनि बीसको उन्नाइस भएको छैन । उपचार गरुँ आँफुसंग पैसा छैन । जग्गा जमिन बेचेर गरुँ आफुसंग जग्गा छैन । भुमिहिन भएर बस्नुपर्ने बाध्यता त छ्दै थियो । रोगले पनि पीडित र बेहाल बनाइदियो । नगरपालिकाले घर बनाइदिने आश्वासनमा कुसुम खोलाबाट बसाइँसराइ गरी परुई खोलाको किनारमा सानो झुप्रो बनाएर बस्दै आएको बताए । उनी भन्छन् सम्पतीको नाउँमा त्यही एउटा झुप्रो घरमात्र हो । त्यही घर बनेको झुप्रोको जग्गापनि आफ्नो नभएको बताए । अदिया र अर्मपर्म गर्दै गुजारा चलाउदै आएका स्याङ्तान अहिले बन्धकी लिएर देबेन्द्रपुर अधिकारी चोकबाट भित्र ठाडो लाइनमा बस्दै आएको बताए । घरखर्च चलाउनको लागि केही बाख्रा अदिया गरेर पालेको उनको भनाई छ । तर आँफुलाई यस्तो हुँदापनि कोही कसैबाट सहयोग नभएको र नआएको स्याङ्तानकी श्रीमती बिबिमाया तामाङ्गले नेपालीको आवाज डटकमसंग बताइन् । साथै उनले आफ्नो श्रीमानको उपचारको लागि सहयोग गरिदिनुहुन अनुरोध गरेकी छिन् । उनको श्रीमानको स्वास्थ्य अवस्था र सहयोगका लागि मोबाइल ९८६४०६३३८४ मा फोन गरेर बुझ्न र सहयोग गरिदिनुहुन स्याङ्तानकी श्रीमती बिबिमाया तामाङ्गको अनुरोध छ । बिरामी स्याङ्तानका २ छोरा २ छोरी र श्रीमती गरी ६ जनाको परिवार रहेको छ

तपाईको प्रतिक्रिया