चितवन । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत चितवन क्षेत्र नम्बर १ (ख) प्रदेश सभापतिमा गोबिन्द गौतम बिजयी भएका छन् । गौतम शुक्रबार भएको निर्वाचनमा २७९ मतका साथ चितवन क्षेत्र नं. १ (ख) को प्रदेश सभापतिमा निर्वाचित भएका भए ।

गौतमका निकटतम प्रतिद्धन्दी रामहरी न्यौपानेले २६५ र सुजन थापाले १९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्ली प्रसाद छत्कुली विजयी भएका छन् । उनिहरुले क्रमशः २९३ मत र २७८ मतले बिजयी भए ।

त्यस्तै सचिवमा देवेन्द्र बहादुर भुजेल र मनोज चौधरी पनि विजयी भएका छन् । उनिहरुले क्रमशः ३४३ मत र ३०६ मतका प्राप्त गरे । सोही निर्वाचनबाट सह सचिवमा गिता दाहाल र रामसिंह चौधरी विजयी भएका छन् । उनिहरुले क्रमशः ३२३ मत र २९३ मतले बिजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया