चितवन । नेकपा एमालेको आजदेखि चितवनमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशन उद्घघाटन शत्रमा आफ्ना ६ लाख कार्यकर्ता आएको एमाले चितवनले जानकारी दिएको छ ।

आजको महाधिवेशनको पहिलो दिनको कार्यक्रम अन्र्तगत खुल्ला सत्रमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । उनले कार्यक्रमका लागि आएका आधा कार्यकर्ता भने भिड बढी भएका कारण उद्घाटन स्थलसम्म आउन नसकेको जानकारी दिइन् ।

रावलका अनुसार महाधिवेशनमा सहभागि हुन आएका अझ धेरै कार्यकर्ता महाधिवेशन स्थल सम्मनै भरिभराउ भएपछि पूर्वी चितवनको टिकौली र नवलपुरको गैडाकोटबाटनै फर्किएको जानकारी दिइन् ।

महाधिवेशनको उद्घघाटन सत्र आफुहरुले सोचेभन्दा भव्य भएको र चितवनको इतिहाँसमा यति धेरै मानिसहरु जम्मा भएको पहिलो पटक भएको पनि उनको भनाई छ । महाधिवेशनको उद्घघाटन शत्र स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरु नारायणगढ बजारमा छरिएका बस्नु पर्ने बाध्यता बनेको उनको भनाई थियो ।

यता कार्यक्रममा भाग लिन आएका एमाले कार्यकर्ताका कारण ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुदा बजारमा हिडडुलनै गर्न भने सकस भएको देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया