चितवन । माडीमा मितेरी, कोशिश र युथ सोसाइटी तथा युएन वमेनको आर्थिक सहयोगमा परुई खोलाको किनारमा बसोबास गर्ने चेपाङ्ग समुदायलाई मानसिक स्वास्थ्य र मनो सामाजिक सु स्वास्थ्य बारे सचेतना कार्यक्रम गरिएको छ ।

खासगरी बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ र यसले समाजलाई पारेको असर जसबाट समाजमा बसोबास गर्ने नागरिकले भोग्नुपरेको पिडा यसबाट सिर्जित हुने समस्या र यसको निराकरणका विषयकमा विशेषगरी पिछडिएका समुदायलाई लक्षित गर्दै सचेतना दिइएको हो । उक्त अभियान कार्यक्रम माडीका विभिन्न वडाहरुमा गरिने सामुदायिक परिचालिका कोपिला सुनारले बताइन् ।

मानसिक समस्या के हो ? यसले समाजमा कस्तो असर पार्छ ? यसका बचाउका उपायहरु के के हुन ? संगै यसले समाजमा पार्ने सामाजिक समस्या र यसको बचाउ तथा निराकरणका बारेमा सचेतना गराइएको थियो । सो अभियानमा प्रशिक्षण दिनुहुदै मनोबिमर्श कर्ता तुलसा पोख्रेल, सामुदायिक परिचालिका दिक्षा पौडेल र कोपिला सुनार रहनुभएको थियो । भने यसको टिम लिडरमा मलिना महर्जन रहेकी छिन् । विशेषगरी यस संस्थाले माडीमा सिमान्तकृत पिछडिएका बिपन्न तथा गरिब परिवारका लागि जिबिको पार्जन तथा सिपमुलक क्षमता अभिबृदी तालिम तथा सचेतना कार्यक्रममा उल्लेखनीय भुमिका खेल्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया