चितवन । अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडी ७,८,९ द्वारा माडी नगरपालिका ८ जीबनपुरका ट्याक्टर ब्यबसायी ईश्वर न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । केही दिन अगाडि न्यौपानेको सवारीसाधन ट्याक्टर दुर्घटनामा परेको थियो ।

देबेन्द्रपुरबाट जीबनपुर जाँदैगर्दा परुई खोलाको किनार नजिकै ना.५त. ८२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार ३० वर्षिय सुनिल माझीको घटनास्थलमा नै ज्यान गएको थियो । घट्नाभए पश्चात् ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका थिए भने मृतकका परिवारलाई ट्याक्टर धनीद्वारा क्षतिपूर्ति दिलाइएको थियो ।

यसै घट्नालाई मध्यनजरगर्दै अयोध्यापुरी ट्याक्टर ब्यबसायी समिति माडीले न्यौपानेको सवारीसाधन मर्मतमा केही सहज होस् संगै भबिस्यमा हुन सक्ने भइपरी समस्या जस्ता जोखिमहरुबाट आफ्नो ब्यबसाय नै आर्थिक समस्याका कारण छाड्न नपरोस् भन्ने उदेश्यका साथ ट्याक्टर धनी न्यौपानेलाई समितिका अध्यक्ष मायानाथ अधिकारीद्वारा २ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया