चितवन । रिलायन्स फाईनान्स लिमिडेट टाँडी शाखाले रत्ननगर–१, निपनीमा रहेको श्री ओम शान्ति राष्ट्रिय प्राथामिक विद्यालयमा अध्ययनरत २४० जना विद्यार्थीलार्ई स्टेशनरी सामाग्री वितरण गरेको छ । रिलायन्स फाईनान्स लिमिडेटको बाह्रौ वार्षिकोत्सवको अवसरमा आज (आइतबार) “हाम्रो रिलायन्स राम्रो रिलायन्स” स्लोगनका साथ टाँडी शाखाको आयोजनामा रत्ननगर–१, निपनीमा रहेको श्री ओम शान्ति राष्ट्रिय प्राथामिक विद्यालयमा रहेका बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।

कार्यक्रमका सभाअध्यक्ष समेत रहेका रिलायन्स फाइनान्स टाँडी शाखाका प्रमुख आशिष ढकालले सो बिद्यालयमा अध्यायन गर्ने २४० जना बिपन्न तथा आर्थिक स्तर कमजोर भएका जेहन्दार विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।

कार्यक्रममा टाँडि शाखा प्रमुख ढकालले रिलायन्स फाईनान्स राष्ट्रिय स्तरको फाईनान्स भएको र यसले नेपालभरी २१ वटा शाखा सञ्जालबाट ग्राहक बर्गमा वित्तिय सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले फाइनान्सले साधारण बचत खातामा दैनिक व्याजदरमा ६ प्रतिशत देखि ७ प्रतिशत र मुद्धति बचत खातामा ९.३५ प्रतिशत देखि १०.३५ प्रतिशत सम्म दिदै आइ रहेको समेत जानकारी दिए । “हाम्रो रिलायन्स राम्रो रिलायन्स” को अवधारण र सामाजिक कार्यमा रिलायन्सको योगदानको बारे स्पष्ट पार्दै ढकालले आगामी दिनमा पनि सामाजिक कार्यमा रिलायन्स अग्रपंक्तिमा रही कार्य गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

सो कार्यक्रममा विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर महतो, सदस्य हेमन्ति चौधरी, शिक्षा बिध डा. वसन्त अधिकारी तथा विद्यालयका प्रधानाध्यापिका राधा कुमारी चौधरी समेतले रिलायन्सको बाह्रौ वार्षिकोत्वसको अवसरमा उत्तरोत्तर प्रगतिको शुभ–कामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया