चितवन । रत्ननगर–१, बकुलहरमा महिला दिदिबहिनिहरुद्धारा सञ्चालित उज्जवल महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार रत्ननगरमा सो सहकारीको २१ औं साधारण सभा सम्पन्न भएको हो ।

सो कार्यक्रमकि प्रमुख अतिथि रत्ननगर नगरपालिकाकि उप प्रमुख बिमला देवी दुवाडीले महिला दिदिबहिनीहरु मिलेर पनि राम्रोसँग सहकारी सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण उज्जव सहकारीले दिएको धारणा ब्यक्त गरिन् । उनले सो संस्थाले गरेको प्रगतिको मुक्त कण्ठले प्रशंसा गर्दै अबका दिनमा सहकारीले उत्पादन मुखी भएर सेवा दिनुपर्ने कुरामा जोड दिइन् ।

संस्थाकि सचिव अम्बिका पुरीले सञ्चालन गरेको सो कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मी गौली, जनजागृती साकोसका अध्यक्ष रमाकान्त पौडेल, अग्रज महिला साकोसकि अध्यक्ष लक्ष्मी थापा, बकुलहर माबिकि प्रधानाध्यापक कमला ढकाल, राष्ट्रिय आधारभुत बिद्यालयकि प्रधानाध्यापक राधा चौधरी, रत्ननगर नगरपालिका वडा नं. १ कि महिला सदस्य भरती चौधरी, संस्थाकि नि बर्तमान अध्यक्ष ऋतु गिरी लगाएतले संस्थालाई प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।

अध्यक्षको प्रगति प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको सो कार्यक्रम संस्थाकि अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया