
महेश पाण्डे
चितवन । आगामी पुस १ देखि ४ गते सम्म पाेखरामा हुने नेपाल जेसीजकाे ४८ ओैँ महाधिवेशनमा वर्ष २०२२ काे राष्ट्रिय अध्यक्षमा साैराहा जेसीजका शिव प्रसाद भुषालले उमेदवारी दिएका छन् ।
हाल नेपाल जेसीजकाे कार्यकारी उपाध्यक्ष समेत रहेका भुषालले पाेखरामा हुने जेसीजकाे राष्ट्रिय सम्मेलनमा वर्ष २०२२ काे राष्ट्रिय अध्यक्षमा उमेदवारी दिएकाे (शुक्रबार) साैराहामा पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।
साैराहा जेसीज तथा साैराहा लेडी जेसीजले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै भुषालले साैराहा जेसीजले हालसम्म केन्द्रीय स्तरमा तिन पटक उपाध्यक्ष र एक पटक कार्यकारी उपाध्यक्षकाे रुपमा पनि काम गरि सकेकाेले अबका दिनमा साैराहा जेसीजका तर्फबाट वर्ष २०२२ काे लागि केन्द्रीय अध्यक्षमा आफुले दावी गरेकाे बताए ।
उनले उमेदवारी साैराहा जेसीजकाे तर्फबाट हुने भएपनि याे सिंगाे चितवनकाे प्रतिनिधित्व गर्दै केन्द्रकाे नेतृत्व हुने उद्धघाेष गरे । उनले जेसीज बिश्वका १२७ वटा देशमा फैलिएको सामाजिक संस्था भएकाले आफु नेतृत्वममा आइरहदा पर्यटकिय नगरी साैराहाकाे प्रचार बिश्वभर फैलाउने प्रतिबद्ध पनि ब्यक्त गरे । उनले त्यसकाे लागि पनि आफुलाई नेपाल जेसीजकाे वर्ष २०२२ काे राष्ट्रिय अध्यक्षमा जिताउन सबैलाई आग्रह पनि गरे ।
उनले संस्थालाई बिधानत चलाउन पनि उनले आफुले उमेदवारी दिन लागेकाे बताए । उनले जेसीजलाई राजनैतिक ढंगबाट नभई सामाजिक ढंगबाट चलाउन पनि आफुले नेतृत्वमा दावी गरेकाे बताए ।
भुषालले अब सबै जेसीहरुलाई ब्यक्तित्व बिकास र नेतृत्व बिकासकाे लागि उहाँहरुकै क्षेत्रमा तालिमकाे ब्यवस्था गर्न पनि आफ्नाे उमेदवारी रहेकाे जिकिर गरे । उनले पदका लागि नभई परिवर्तनका लागि आफ्नाे उमेदवारी रहेकाले सबैकाे साथ र सहयाेग रहनेमा आफु बिश्वस्त रहेकाे बताए ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाकि उप प्रमुख बिमला देवी दुवाडीले जेसीज भेनेकाे पहिला आफ्नाे ब्यक्तित्व बिकास गर्ने र त्यसपछि अरुलाई नेतृत्व र ब्यक्तित्व बिकासमा लाग्न सिकाउने संस्था भएकाे बताइन् । उनले जेसीजकाे बारेमा सबैखाले अनुभव र नेतृत्वमा रहि सकेका भुषालले राष्ट्रिय अध्यक्षमा जित्नेमा आफु बिश्वस्त रहेकाे बताइन् ।
साैराहा जेसीजका अध्यक्ष बिष्णु थापाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा रेवान साैराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, बाघमारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जित बहादुर तमाङ्ग, साैराहा जेसीजका संस्थापक अध्यक्ष सरद श्रेष्ठ लगाएतकाे उपस्थिति रहेकाे थियाे ।