चितवन । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन भएका छन् । सौराहामा मंगलवार सम्पन्न भएको १५औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशबाट गिरी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै हरेक वर्ष रेवान सौराहाले आयोजना गर्ने गरेको फुड फेष्टिभल संयोजकमा भने ध्रुव गिरी चयन भएका छन् ।

सोही अधिवेशनबाट नव गठित कार्य समितिको प्रथम उपाध्यक्षमा अर्जुन चौधरी, द्धितीय उपाध्यक्ष कपिल रेग्मी, तृतीय उपाध्यक्ष कृष्ण भट्ट, महासचिव सुर्य बहादुर रिमाल, सचिव शम्भू माली, कोषाध्यक्ष गोपीकृष्ण विडारी, सहकोषाध्यक्ष राजेशकुमार तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कुमार जोशी, बीरबहादुर तामाङ, देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, अम्बिका कँडेल भट्ट, धर्मराज न्यौपाने, शालिकराम रिजाल, रामकुमार गुरौं चयन भएका छन । सोहि अधिवेशनबाट लेखा समितिको संयोजकमा रमेश अधिकारी चयन भएका छन् ।

अधिवेशनबाट नै सौराहा फुडफेष्टिकल सह संयोजकमा नविन नेपाल र कलाकार संयोजकमा राजेश कुमार तामाङ चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक तथा संस्थापक अध्यक्ष बलराम दाहालले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रेवान सौराहाले झुवानी, बछौली,मालपुर र चित्रसारी माविका २० जना विद्यार्थीलाई स्कुल पोसाक र स्टेशनरी तथा मानब सेवा आश्रमलाई भवन निर्माणको लागि ५५ हजार ५५५ रुपैया सहयोग गरेको थियो ।

त्यस्तै सोही कार्यक्रममा रेवान सौराहालाई बिभिन्न कार्य गरि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका संस्थापक अध्यक्ष बलराम दाहाल, पूर्व अध्यक्षहरु क्रमशः पुरुषोत्तम श्रेष्ठ, सुवासचन्द्र गौतम, राजन दाहाल, सीताराम कुमाल र गोकर्ण गिरी लगाएतका रहेका छन् ।

सो कार्यक्रममा रेष्टुरेन्ट सम्मानबाट जालपेनु रेष्टुरेन्टलाई सम्मानित गरिएको थियो भने १४औं फुड फेष्टिबलमा उत्कृष्ट काम गरे बापत रमेश भट्ट र १५औैं फेष्टिबलमा उत्कृष्ट काम बापत राजेशकुमार तामाङलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, रेवानका केन्द्रीय अध्यक्ष अरनिकोराज भण्डारी, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, केन्द्रीय उपाध्यक्ष गोकर्ण गिरी, वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, सौराहा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकुमार अर्याल, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी ,रेवानका महासचिव कृष्ण भट्ट लगायतले मन्तव्य राखेका थिए भने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया