चितवन । सिट मुनीबाट धुवा आएपछि उडेको केहि बेरमानै बुद्ध एअरको जहाज पुनः भरतपुर बिमान स्थलमा आकस्मिक अवतरण गरेको छ । १८ यात्रु बोकेर उडेको वुद्ध एयरको 9A AEE नम्बरको जहाजको सिटमुनीबाट धुवा आएको भन्दै केही मिनेटमै भरतपुर बिमान स्थलमा अवतरण गराइएको हो । उड्ने क्रममा धावनमार्ग छाड्ने बित्तिकै सिटमुनिबाट धुवा निस्किएपछि आकस्मिक अवतरण गराईएको भरतपुर विमानस्थलले जनाएको छ ।
बिमान स्थलका अनुसार सो बिमानमा रहेका यात्रुहरु सकुसल रहेको र ती यात्रुहरूलाई अर्को जहाजमा पठाइने भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले जानकारी दिए ।
सो बिमानमा रहेका एक यात्रुका अनुसार अहिले पनि बिमान धावन मार्गमा नै रहेको छ । उनले सो बिमान उडेको ३ मिनेटमानै धुवा आएको भन्दै पर्किएको बताए । उनले सुरुमा इन्जिनमा आगो लागेको होकी भन्ने पनि शंका थियो तर के हो एकिन हुने भने आफु नसकेको जिकिर गरे ।
हाज धावनमार्गमा रहेकाले बाहिरल्याउने प्रयास भईरहेको विमान स्थलले जनाएको छ। पछिल्ला दिनमा बुद्ध एअरका जहाजमा समस्या आउन थाले पछि मानिसहरु बुद्ध एअरको बिमान प्रतिनै शसंकित बनि रहेका छन् ।











