महेश पाण्डे
चितवन । देशैभर आफ्नो सेवा केन्द्र बिस्तार गर्दै लगि रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं सेवा केन्द्र टाँडीमा रहेको छ । जसले पछिल्ला दिनमा बिभिन्न सामाजिक काम र सहकार्यलाई अगाडी बढाइ रहेको छ । पूर्वी चितवनमा हुने प्रायः कार्यक्रमहरुमा सहकारीले बिभिन्न ढंगबाट सहकार्य गर्ने गरेको छ । त्यो चाहे महोत्सब होस या धार्मीक अनुष्ठान् ।

सहकारी भनेको नै सहकार्य भएकाले सोही भावनालाई आत्मसाथ गर्दै अगाडी बढ्ने संस्थाको मान्यता अनुसारनै बिभिन्न संघ सस्थाका कार्यक्रममा हातेमालो गरेर अगाडी बढ्ने गरेको बताउछिन् संस्थाकि ब्यवस्थापक जुली क्षेत्री ।

उनले पछिल्लो समय रत्ननगर‐१३ मा रहेको श्रीराम वैदिक संस्कृत गुरुकुलम्मा मंसिर २६ गतेदेखि पुष ५ गते सम्म सञ्चालन भएको १५ औं धनधान्याञ्चल एंव साम्ब पुराण महायज्ञ र हाल पुष १ गते देखि श्री गायत्री हरिहर मन्दिरमा सञ्चालन भइ रहेको श्रीमद भागवत महा पुराणमा आफ्नो संस्थाले सहकार्य गरेको बताईन ।

उनले धार्मीक क्षेत्रमा पुजापाठ गर्न आउने भक्तजनलाई हरेक दिन जसो चिया पानको ब्यवस्था पनि आफ्नो संस्थाले गरेको बताइन् । क्षेत्रीले सहकार्य सानो होस या ठूलो सेवा गर्न पाउदा निकै खुसी लाग्ने गरेको बताइन् । उनले यहि पौष २७ गते देखि सुरु हुने रत्ननगर महोत्सबमा पनि आफ्नो संस्था प्रायोजकको भुमिकामा रहको जानकारी दिइन् ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्था रहेको टाँडीमानै १३ औं शाखाको रुपमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर पनि सञ्चालन गरि रहेको छ ।

तपाईको प्रतिक्रिया