चितवन । आफ्नै श्रीमतीलाई कुटेर मार्ने साजन प्रहरीको फन्दामा परेका छन् । घटना हो यही पुस ५ गतेको । भरतपुर महानगरपालिका वडा नं. ६ अमरबस्ती बस्ने वर्ष २२ की अम्बिका महतो आफ्नै घर छेउमा पुस ५ गते राती घाईते भई लडी रहेको अवस्थामा हुन्छिन् ।

उनलाई भोलि पल्ट बिहान मात्र आफन्तले देख्छन् र उपचारको लागि भरतपुर अस्पताल लान्छन् । तर उपचार गर्न भरतपुर अस्पताल लगिएपनि अम्बिकाको मृत्यु भई सकेको हुन्छ ।

सो कुराको जानकारी चिकित्सकले प्रहरीलाई दिएपछि मृतकको शरीरमा लागेको घाउँचोट र घटनास्थलको प्रकृती हेर्दा अस्वभाविक लागेपछि प्रहरीले अनुसन्धान सुरु गर्छ ।

अनुसन्धान गर्ने क्रममा अम्बिका महतोलाई निजकै श्रीमान वर्ष २५ वर्षका साजन महतोले कुटपिट गरी हत्या गरेको निस्कर्षमा प्रहरी पुग्छ र उनि पुष ६ गते नै पक्राउ पनि पर्छन् । हाल प्रहरीको हिरासतमा रहेका साजन महतोलाई प्रहरीले ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य गरि रहेको छ ।

तपाईको प्रतिक्रिया