महेश पाण्डे
चितवन । भान्छा घरको परिकल्पनामा रत्ननगरमा आनन्द फुड ल्याण्ड खुलेको छ । रत्ननगर‐१ मा रहेको युनिक साकोसको आडैमा भान्छा घरको परिकल्पनामा खुलेको आनन्द फुड ल्याण्डको आज (शनिवार) रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले उद्धघाटन गरे ।

उद्धघाटन पछि बोल्दै श्रेष्ठले आगामी पौष २७ गते देखि सुरु हुने रतननगर महोत्सबको मुख्य नारानै “बृहत रत्ननगर, समुन्नत रत्ननगर” रहेकाले पनि रत्ननगरमा ब्यवसाय र ब्यवसायीको संख्या बढ्नु निकै खुसीको कुरा भएको बताए ।

उनले भान्छा घरको परिकल्पनामा फुड ल्याण्ड आएकाले स्वच्छ खानाको लागि आनन्द फुड ल्याण्ड राम्रो बिकल्प बन्ने मा आफु आशावादी रहेको बताए ।

फुड ल्याण्डका सञ्चालक हरि अधिकारीले रत्ननगरको बजारमा स्वच्छ र ताजा खाने नियमित रुपमा खुवाउने ठाउँको अभाव देखिएर आनन्द क्षेत्री र साथीहरुको साथ मिलेर आनन्द फुड ल्याण्ड सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले आफुहरुको एउटै मात्रै उद्देश्य रत्ननगरमा खाना खान आउने जो कोहीलाई स्वच्छ र ताजा खाना खुवाउनु नै रहेको बताए ।

फुड ल्याण्डको उद्धघाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, पूर्व अध्यक्षहरु क्रमशः हरि शरण पाठक, राजेन्द्र कुमार श्रेष्ठ, ज्ञान बहादुर बिसुराल, कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनका अध्यक्ष हरि कृष्ण खनाल, क्षेत्रिय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई, सुमन घिमीरे, रेवान सौराहाका निवर्तमान अध्यक्ष दिपेन्द्र खतिवडा लगाएतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया