चितवन । रत्ननगर नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरुकाे आइतबार सम्पन्न एक भेलाले नेपाल निजामती कर्मचारी युनियन (संघ) रत्ननगर इकाई समिति गठन गरेकाे छ ।

नव गठित युनियनको अध्यक्षमा शालिकराम पाैडेल सर्व सम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा डिम्मेश्वरी काफ्ले, सचिवमा केशव पाैडेल, काेषाध्यक्षमा रञ्जना पाैडेल, सह-सचिवमा महेश सुवेदी, सदस्यहरुमा क्रमशः माधव प्रसाद पाैडेल, नरहरि श्याम शर्मा, रुकमाया देवि शर्मा, अम्बिका पाैडेल, गिता रायमाझी, दिपक बास्ताेला, शाेभाखर रिमाल, रामशरण महत्ताे रहेका छन् ।

साेहि भेलाले ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेकाे छ । जसमा बद्री नारायण शर्मा, दुर्गा श्रेष्ठ, क्षेत्र बहादुर गुरुङ लगाएका रहेका छन् ।

तपाईको प्रतिक्रिया