अजित अधिकारी
चितवन । माडीको चर्चित धार्मिक क्षेत्र सोमेश्वर गढीमा शनिबार प्रेस सेन्टर नेपाल, चितवन माडी नगर कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संचारसंगै समृद्ध माडी निर्माणमा संचारकर्मीको भुमिका विषयकमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि सहित राजनीतिक ब्यक्तित्व र जिल्लास्तरका पत्रकारहरुको सहभागीता रहेको थियो । खासगरी कार्यक्रममा पत्रकारहरुका हक हित अधिकारसंगै समृद्ध माडी निर्माणमा आगामी दिनमा संचारकर्मीहरुले खेल्नुपर्ने भुमिका र स्थानीय निकाय एबम जनप्रतिनिधिहरुले बहन गर्नुपर्ने दायित्व सहित उत्थान गरिएको थियो ।

प्रेस सेन्टर माडी नगर कमिटीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य एबम नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य नेता रामलाल महतो रहेका थिए ।

यसैगरी बिशिष्ट अतिथिमा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथिका रूपमा रहेका बागमती प्रदेश सभा सदस्य एबम नेकपा माओवादी केन्द्रका नेता महतोले देशको बिकासमा मिडियाले खेलेको भुमिकासंगै बिकास निर्माणका लागि बिनियोजन भएका रकम र यसको पारितसंगै पारदर्शीता र कार्यान्वयनमा संचार जगतले खेलेको भुमिका माथी प्रकाश पारेका थिए ।
अन्य थप विषयबस्तुमा अझ धेरै छलफल गर्नुपर्ने योजना बनाएको थिए । यि सबै योजना प्रेस सेन्टर माडीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समाबेश गर्न पाए भन्नेमा नेता महतोको भनाइ थियो । यसैगरी कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा रहेका माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले माडीको संचार क्षेत्रको बिकासमा नगरपालिकाले महत्वोपुर्ण भुमिका खेल्दै आएको बताए ।

तर केही पत्रकारहरुले समाचार लेख्ने क्रममा पक्षपात गरेको आरोप लगाए । बास्तबिकता नबुझी समाचार लेख्ने परिबृती गलत भएको जिकिर गर्दै, ढकालले त्यस्ता समाचारले हलचल ल्याएतापनि समुन्नत बिकासमा दिगोपना नल्याउने र उल्टै आलोचना सिर्जना हुने बताए ।
यसैगरी कार्यक्रममा सहभागी बक्ताहरुले पत्रकारहरुका हक हित अधिकारका विषयकमा वकालत गर्दै सत्यतथ्य सुचना सम्प्रेषणसंगै शिक्षा, उत्पेरणा र जवाफदेहिताको खोजीसंगै नगर बिकासमा योगदान दिनुपर्ने उनीहरुको बुझाइ थियो ।

यसैगरी प्रेस सेन्टर नेपाल, चितवन माडी नगर कमिटीकी अध्यक्ष अपेक्षा चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहजीकरण पत्रकार अजित अधिकारीले गरेका थिए । समापनमा बोल्दै, अध्यक्ष महतोले माडीमा सार्बजनिक जमीनको खोजी गरी प्रेस सेन्टर माडीको भबम निर्माण गर्नुपर्ने र आगामी दिनहरुमा पत्रकारहरुका हकहित र अधिकारसंगै नयाँ उर्जाशिल तालिम दिनुपर्ने र संचारको बिकासमा अझ स्थानीय निकायले ध्यान दिनुपर्ने उनको सुझाब थियो ।

तपाईको प्रतिक्रिया