चितवन । चितवनमा सञ्चालन हुने सबै मेला महोत्सव बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने सबै खाले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको आज (सोमबार) जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन भित्रको समयमा सक्नु पर्ने र बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव, खिचरा महोत्सव तत्काल बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

कोरोनाको नया भेरियन्ट ओमिक्रोनको लहर चितवनसहित देशैभरी नै बढ्न थालेपछि चितवन प्रशासनले यस्तो निर्णय गरेको हो । अहिले चितवनमा आइतबारबाट चितवन महोत्सब सुरु भएको छ भने रत्ननगर महोत्सब भोलि (मंगलबार) बाट सुरु गर्ने मिति रहेको थियो । त्यस्तै खैरहनी पर्सामा खिचरा महोत्सबको तयारी पनि चल्दै थियो । यो सँगै अब चितवनका सबै महोत्सब स्थगित भएका छन् ।

तपाईको प्रतिक्रिया