अजित अधिकारी
चितवन । माडीमा नेकपा एकीकृत (समाजवादी) द्वारा सबै तहको संगठन निर्माण गरेको छ । जसअनुरुप युवा संगठनको माडी नगर अध्यक्षमा डिल्लीराम महतो चयन भएका छन् ।

बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको नगर माडी कमिटी घोषणा कार्यक्रम अन्तर्गत युवाहरुको तर्फबाट बघौंडा गाउँ निवासी युवा अगुवा महतोलाई माडी नगर कमिटीको अध्यक्षमा चयन गरेको हो ।

यसैगरी भेलाले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ । जसअनुरुप समितिको उपाध्यक्षमा बुद्धिसागर ढकाल, सचिवमा रामबहादुर अर्याल र सहसचिवमा किरण महतो एवं थानेश्वर अधिकारी चयन भएका छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) सम्बद्ध महिला संगठन अनेमसंघ (समाजवादी) को माडी नगर अध्यक्षमा मनी कुमारी महतो चयन भएकी छन् ।

उनी माडी नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी छन् । महतोलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । यसैगरी समितिको उपाध्यक्षमा प्रेमकुमारी अधिकारी र पार्बती लम्साल, सचिवमा राजकुमारी महतो र सहसचिवमा प्रतिमा गुरुङ्ग चयन भएकी हुन् ।

सदस्यहरुमा क्रमशः पार्बती सुवेदी, गीता लामिछाने, निरा चौधरी, लक्ष्मी महतो, राजकुमारी महतो, बुद्धिमाया महतो, सरिता महतो, टीका भुजेल, निशा गुरुङ्ग रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) पार्टीको नगर अध्यक्षमा पुरन महतो चयन भएका छन् । महतो माडी नगरपालिका ३ का वडा अध्यक्ष एबम पर्यटन बिकास समिति माडीका अध्यक्ष समेत हुन् ।

महतोको अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटी गठन गरिएको हो । यसको उपाध्यक्षमा दीनकर पौडेल र चन्द्रा बानियाँ रहेकी छन् । यसैगरी सचिबमा तारानाथ चापागाईं र उप सचिबमा हेमराज सुवेदी र जगन्नाथ लामिछाने चयन भएका छन् ।

तपाईको प्रतिक्रिया