अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर निवासी ४७ वर्षिय मिना सुबेदी नियाले बाघको आक्रमणमबाट सामान्य घाइते भएकी छन् । आफ्नै घर पछाडि रहेको बारी बुलबुले भन्ने ठाउँमा घाँस काट्न जाँदा सुबेदीलाई एक्कासि नियाले बाघले आक्रमण गरेको हो ।

सुबेदीलाई दिउँसो २ बजेको समयमा बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी गंगा सुवेदीले नेपालीको आवाज डटकमसंग बताइन् । घाइते सुबेदीको नियाले बाघले दायाँ गालामा सामान्य चोट पुर्याएको छ । भने बायाँ पाखुरामा गहिरो चोट पुर्याएको छ । उनलाई उपचारका लागि भरतपुर लैजाने तयारी गरिएको वडा अध्यक्ष बालकृष्ण सापकोटाले बताए । खासगरी पछिल्लो समय माडीमा एकपछि अर्को गर्दै जङ्गली जनावारहरुको बिगबिगी र आक्रमण बढीरहेको छ ।

तपाईको प्रतिक्रिया