चितवन
वर्षौसम्म नछुटिने वाचा गरेका प्रेमी र प्रेमिकाको सपना हुन्छ । क्षणिक सपनाले क्षणभरमै पानीको फोका जस्तै फुट्छ । टुटेको प्रेमको पिडालाइृ कलाकार पुष्पलाल प्रधानले गित बनाएका छन् । पानीको फोका जस्तै सपना फुटेपछि हुने पिडालाइृ शब्द मार्फत पोखेका छन् । नारायणगण्का कलाकार प्रधानले अधिकांशको जीवनको भोगाईलाई गित बनाएका हुन् ।

प्रेमिकाको स्वार्थीपनले विछोडिएको प्रेमलाई प्रधानले गितमा उतारेका हुन् । किशोरावस्थामा अधिकांशले भोगेको भावलाई उनले गित बनाएका हुन् । गितमार्फत उनले एकलोपनको पिडा पोखेका छन् । प्रधानकै शब्द , संगितमा चर्चित गायक सुगम पोखरेलको स्वर रहेको छ ।

प्रधानले ‘ अज म नै एक्लो भए ’ गित बजारमा ल्याएका हुन् । कोरोनाको जोखिममा गरिरएको लकडाउनमा उनले गित बनाएका थिए । ‘ धेरैके जीवनमा भएको घटनामा अधारित गित हो ’ उनले भने ‘ बैंशमा हुने प्रेमको वाचा कसम र अधुरो प्रेमलाई सम्झाउने खालको गित बनेको छ । ’
गितको म्कयूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गगनलाल प्रधानले निर्देशन गरेको भिडियोमा नायक आकाश श्रेष्ठ संगै करुणा श्रेष्ठले अभिनय गरेका छन् ।

६६ वर्षिय प्रधान कलाकार समेत हुन् । उनले करिब आधा दर्जन चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले ‘ लाठी चार्ज ’ गितमा पनि अभिनय गरेका छन् । उनको गितको आइतवार एक समारोहका विच नारायणगढमा सार्वजनिक गरिएको छ । रिवल क्रियशनका प्रबन्ध निर्देशक गगनलाल प्रधानले विमोचन गरेका हुन् ।

तपाईको प्रतिक्रिया