महेश पाण्डे
चितवन । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको टाँडी सेवा केन्द्रमा एटिएम राखेसँगै अब पैसा निकाल्न झनै सहज हुने भएको छ । सो एटिएम सेवाको आज (सोमबार) रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले उद्धघाटन गरेसँगै सेवा ग्राहीले अब सहजै एटिएमको प्रयोग गरि जुनसुकै बेला पैसा निकाल्न सक्ने भएका हुन् ।

सहकारीलाई प्रविधि मैत्री बनाउदै लैजानु पर्छ भन्ने सोच अनुसार नै टाँडी सेवा केन्द्रमा एटिएम सेवा सुरु गरिएको संस्थाका नारायणी क्षेत्रीय प्रबन्धक युवराज थापाले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले सहकारीकोे कौशलटार र पोखरा सेवा केन्द्र पछि तेस्रो एटिएम चितवनको टाँडी सेवा केन्द्रमा राखिएको जानकारी दिदै बिस्तारै अकको केहि समयमानै संस्थाको २४ वटै सेवा केन्द्रमानै एटिएम सेवा सुरु गरिने जिकिर गरे ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले सहकारीहरुमा पनि एटिएम सेवा हुन्छ र भन्ने हरुको लागि यो उदाहरण भएको धारणा ब्यक्त गरे । उनले सहकारीले प्रविधि मैत्री रुपमा काम गर्न सके सबैको मन जित्ने बताउदै शिव शिखर सहकारी सोही पथमा हिडेकोमा खुसी ब्यक्त गरे ।

सहकारीको टाँडी शाखा प्रमुख जुली भट्टले हालका दिनमा संस्थाले मोबाइल बैकिंङ सेवा, मनि ट्रान्सफरका सेवाका अलावा एटिएम सेवालाई पनि बिस्तार गर्दै लगेको बताइन् । उनले हालका टाँडी शाखामा ४ हजार शेयर सदस्य भइसकेको जिकिर गर्दै संस्थाकै रोहोबरमा शिव शिखर गार्डेन मार्टको नामबाट डिपार्टमेन्टर स्टोर पनि सञ्चालनमा रहेको जानकारी दिइन् ।

उनले एस.सि.टी नेटवर्कमा रहेको सो एटिएमबाट दैनिक १ लाख सम्म निकाल्न सकिने बताउदै संस्थाको एटिएम कार्ड लिएका सदस्यले भारतका १५ भन्दा बढी बैंकबाट पनि पैसा निकाल्न सकिने जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया