अजित अधिकारी
चितवन । माडीका सबै क्षेत्रमा बिधुत सेवा बिस्तार हुन नसक्दा जनताहरु बिधुत सेवाबाट बन्चित हुँदै आएका थिए । यो संगै बाँदरझुला लगाएतका केही भित्री क्षेत्रहरुमा बिधुत सेवा बिस्तार नहुँदा जनतालाई जिबिकोपार्जनमा समस्या भएको थियो ।

चनौली बिधुत बितरण शाखा केन्द्रले टेण्डर आह्वान गरेपछी बिधुत नपुगेका क्षेत्रमा रहेका नागरिकहरुले बत्ती बाल्न पाउनुका साथै उनीहरुले संचालन गर्ने ब्यबसायमा समेत सहजता हुनेछ ।

यो संगै माडीको कृषि क्षेत्रको बिकासका लागि विशेषगरी माछापालन ब्यबसायलाई लक्षित गर्दै, बिधुतिकरणका लागि प्राधिकरणले २ करोड ४३ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको हो ।

यसैगरी माडीका सबै वडाहरुमा कृषि र माछापालन ब्यबसायमा बिधुतिकरणका लागि थप २ करोड २५ लाखको टेन्डर समेत प्रकाशित भएको स्थानीय निकायले जनाएको छ ।

तपाईको प्रतिक्रिया