महेश पाण्डे
चितवन । स्वाकन क्लिनिक (राज मेडिकल) द्वारा सौराहामा आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सो एक दिने निशुल्क स्वास्थ्य शिविर अन्र्तगत बिशेषतः मधुमेह, उच्च रक्तचाप तथा जनरल हेल्थ चेकअप शिबिर सञ्चालन गरिएको थियो ।

१७३ जना सहभागी रहेको सो सिविरमा चितवन मुटु अस्पताल भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले सहभागी बिरामीहरुलाई स्वास्थ्य परिक्षण गरि सल्लाह सुझाब प्रदान गरेका थिए ।

शिविरमा बिशेषतः मधुमेह र उच्च रक्तचापका बिरामीहरु बढी आएको भए पनि समग्र रुपमा अन्य बिरामीहरु ले पनि स्वास्थ लाभ लिएको स्वाकन क्लिनिक (राज मेडिकल) का सन्चालक राजेन्द्र प्रसाद खरेलले जानकारी दिए ।

उक्त कार्यक्रममा चिकित्सकको सल्लाह बमोजिम बिरामीलाई कोइष्ट फार्मासिटिकल्सको तर्फबाट निशुल्क औषधी समेत बितरण गरिएको सो कम्पनीका एरिया सेल्स मेनेजर सुशील लम्सालले जानकारी दिए ।

सो कार्यक्रममा बोल्दै डा. सन्तोष शर्मा भुषाल र राजेन्द्र प्रसाद खरेलले आगामी दिन मा पनि आफुहरु सामाजिक उत्तरदायीत्व पूरा गर्नेमा दृढ रहेकाले यस्तै शिबिरहरु गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नु गरे ।

तपाईको प्रतिक्रिया