महेश पाण्डे
चितवन । रत्ननगर महोत्सब–२०७८ चलि रहदा बिभिन्न कार्यक्रमहरु पनि भइ रहेका छन् । जस अन्र्तगत रत्ननगर महोत्सवको आयोजना र कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवनको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा आज (बिहिबार) कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा रत्ननगर महोत्सबका गोष्ठी तथा सेमिनार समितिका संयोजक ईश्वरी प्रसाद अर्यालले नेपालको स्थापित ब्यवसाय पोल्ट्री र त्यसमा पनि पोल्ट्रीको राजधानी चितवन भन्न पाउनु निकै गौरवको कुरा रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय भरतपुरका वरिष्ठ पशु बिकास अधिकृत शुसिल के.सीले पछिल्लो समय कुखुरामा देखिएको रोगको बारेमा र सो बाट बच्न अपनाउनु पर्ने जैविक सुरक्षाको बारेमा आफ्नो कार्यालयले दिनुपर्ने तालिम रत्ननगर महोत्सबले दिएकोमा कार्यक्रम आयोजकलाई धन्यवाद ब्यक्त गरे ।

उनले कुखुरामा देखिने रोगबाट बच्ने उपाए भनेको जैविक सुरक्षामा ध्यान दिनु नै भएको बताउदै जैबिक सुरक्षाले खर्च बढाउने नभइ प्रतिफल दिने भएकाले त्यस तर्फ ध्यान दिन सबैलाई आग्रह गरे ।

कार्यक्रमका अतिथि रत्ननगर उद्योग वाणिज्य संघका तथा कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवनका पूर्व अध्यक्ष ज्ञान बहादुर बिसुरालले पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत हिस्सा ओगटेकाले सो ब्यवसाय देशको मेरुदण्डनै भएको बताए ।

उनले कोरोना महामारीबाट पिडित रहेका किसानलाई फेरी वर्ड फ्लु जस्तो रोगले पनि सताइरहेकाले सबै सचेत भएर जैबिक सुरक्षामा बिशेष ध्यान दिन आग्रह पनि गरे ।

कार्यक्रमका आयोजक समेत रहेका कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनालले आफने संस्था कसरी हुन्छ कुखुरा पालन ब्यवसाय गर्ने किसानको समस्या समाधान गर्ने सोचका साथ अगि बढेकाले पनि सो कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले सो गोष्ठीबाट सिकेका कुरालाई आफ्नो खोरमा पनि लागु गर्ने सके धेरै हद सम्म बिभिन्न रोग बाट आफ्ना कुखुरालाई बचाउन सकिने पनि धारणा ब्यक्त गरे ।

करिब १०० जना सहभागी रहेको सो कार्यक्रममा वरिष्ठ पशु चिकित्सक रामचन्द्र सापकोटा तथा रेवन्त भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए भने पुशु चिकित्सकद्धय योगेन्द्र राज पन्त र निकेश खनालले उपस्थित सबैलाई जैविक सुरक्षा सम्बन्धि तालिम दिएका थिए ।

तपाईको प्रतिक्रिया