चितवन । आफ्नाे वडामा फाेहाेर नउठेको भन्दै रत्ननगरका एक युवाले उप-मेयरकाे काेठामा फाेहाेर फालेका छन् ।

रत्ननगर वडा नं ४ निवासी एक युवाले आफ्नो वडामा बिगत २ महिना देखि फोहोर नउठेको भन्दै रत्ननगर नगरपालिकाकाे कार्यालयमा आक्रोश पोख्दै उप-मेयरकाे काेठामानै फाहाेर फालेका हुन् ।

उनले नगरमा फाेहाेर उठाउने जिम्मा लिएकाे कम्पनिमा पनि फाेहाेर फालेपछि उप मेयरकाे काेठामा पनि फाेहाेर फालेका हुन् ।

नगरपालिकाले लापरबाही गरेकाे र फाहाेर उठाउन पनि ध्यान नदिएकाे भन्दै ती युवाले सामान्य प्रशासन उप-शाखामा समेत तालाबन्दी गरेका थिए ।

तपाईको प्रतिक्रिया