चितवन । पदमपुरमा मधुमेह, उच्च रक्तचाप, थाइराइड र अन्य जनरल बिरामिहरुकाे लागि एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएकाे छ । प्रकाश चन्द्र रिजाल एवं प्रकाश क्लिनिक पदमपुरकाे आयाेजनामा शुक्रबार निःशुल्क स्वास्थ शिबिर सम्पन्न भएकाे हाे ।

चितवन मुटु अस्पताल, भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले साे कार्यक्रममा १५८ जनाकाे स्वास्थ्य परिक्षण गरेका थिए ।

साे कार्यक्रममा क्वेस्ट फार्मास्युटिकल्सका राजन थापा, बिष्णु ढ्काल, भेनस प्याथ ल्याब का संचालक असिम श्रेष्ठ, यु.एस. भि फार्मास्युटिकलका चितवन प्रतिनिधि अलि राज लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
स्वास्थ शिविरमा क्वेस्ट फार्मास्युटिकल्स तथा यु.एस. भि फार्मास्युटिकल्सले निशुल्क औंषधि उपलब्ध गराएका थिए ।
कार्यक्रममा बाेल्दै क्लिनिकका संचालक प्रकाश चन्द्र रिजाल तथा डा. सन्तोष शर्मा भुषालले आउने दिनमा पनि सामाजिक कार्यलाई निरंतरता दिइरहने प्रतिबद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया