रवि रोषी, चितवन ।
चितवन तेक्वान्दो डोजाङको भवन समुदघाटन कार्यक्रममा जापान बस्दै आउनुभएका दीपक नेपाल र चितवन रत्ननगर नगरपालिकाका सुजन क्षेत्रीलाई संयुक्त रूपमा सम्मान गरिएको छ ।

चितवनको रत्ननगर नगरपालिकामा तेक्वान्दो प्रशिक्षणको क्रममा मौसमी प्रतिकूलताको समयमा खुल्ला चौरमा खेल्न र नानीहरुलाई ड्रेसिङ रूम सम्म नहुँदा ब्यवस्थित प्रशिक्षण भवन निर्माणार्थ उच्च भूमिका निर्वाह गरि भवन निर्माण गर्न जापानमा अभियान चलाएर उक्त भवन निर्माण गर्न नेपालले सहयोग संकलन गर्नुभएको हुनाले चितवन तेक्वान्डो डोजाङ रत्ननगरले अभियानकर्ता नेपाल र सो अभियानका नेपाल संयोजक सुजन छेत्रीलाई अभिनन्दन गरिएको थियो ।

सो सम्मान कार्यक्रममा नेपाली कांग्रेस रत्ननगर नगरसमितीका सभापती तथा चितवन तेक्वान्दो डोजाङका संरक्षक
प्रल्हाद सापकोटाले अभियानकर्ता दीपक नेपाललाई बधाई ब्यक्त गर्नुभयो । सोही सिलसिलामा दुर्व्यशनबाट किशोर किशोरीलाई बचाउने अचुक अस्त्र भनेको खेल नै भएको हुनाले

सभापती सापकोटाले थप्नुभयो, दीपक नेपालको अभियान त्यही बेला सार्थक हुन्छ, जुन दिन प्रशिक्षार्थीले देशको प्रतिनिधित्व गर्दै स्वर्ण पदक ल्याउन सफल हुनेछन।

नेपाली कांग्रेस रत्ननगर नगर समितीका निवर्तमान सभापती रुपनराज घिमिरेले दीपक नेपाल जो जापानमा बैदेशिक रोजगारीको क्रममा अति ब्यस्त जीवन ब्यतित गर्दै आएपनी यति ठूलो साहस जुटाएर ठूलो सहयोग संकलन गरी प्रशिक्षण हल निर्माण गरेर ईतिहास रचेको भन्दै नेपाल सबै खेलाडी र समग्र नगरवासीको नजरमा बधाइको पात्र हुनुभएको बताउनुभयो ।

यसको साथै उत्कृष्ट खेलाडी उत्पादन गरी देशको नाम विश्वमा रोशन गर्न सफल रोशन खानको योगदान पनि नगरवासी तथा देशले नै भुल्न नहुने बताउनुभयो ।

रत्ननगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तिलकराज शर्मा पौडेलले यति ठूलो अभियानलाई सार्थक तुल्याउन योगदान दिने दीपक नेपालको कर्मको मुल्यांकन आज भएको छ जो उहाँ सम्मानको असली हकदार पनि हो भन्नुभयो । प्रशिक्षण हलको विषयमा बोल्दै उहाँले भन्नुभयो, केही ऐलानी जग्गा पनि भवन क्षेत्र भित्र परेको हुनाले निर्माणकै लागि भनेर आर्थिक सहयोग प्रदान गर्न प्राविधिक कठिनाई भएकोले भवन निर्माणमा सहयोग प्रदान गर्न कठिनाई भएको भन्दै खेलाडीको खेल विकासको लागि वडाको तर्फबाट २५ हजार नगद प्रदान गर्नुभयो ।

सम्मानित ब्यक्तित्व दीपक नेपालले प्रशिक्षणको क्रममा खेलाडीहरुको लागि नियमित प्रशिक्षण गर्न हल नभएको बारेमा अन्तराष्ट्रीय प्रशिक्षक रोशन खानले जानकारी गराउनुभएपछी आफुले जापापानमा रहनुहुने एक लाख नेपाली दाजुभाइ संग अनुनय गरी सहयोग संकलन गरेको हुनाले यी सबैको श्रेय जापानमा रहनुहुने मनकारी सहयोगदाताहरुलाई दिन चाहन्छु भन्नुभयो ।

यसै सहयोग संकलन गर्ने क्रममा पनि अभियानलाई दुरुत्साहित पार्न जापानमा फोन नै गरेर असहयोग गरि अभियान बिथोल्न खोजेको कुरा स्मरण गर्दै त्यस्तो अवस्थामा पनि जापानमा रहनुहुने सहयोगदाताहरुले मेरो अभियान माथी विश्वाश गरेर सहयोग गर्नुभएकोमा सबैमा हार्दिक आभार प्रकट गर्दै सबै सहयोगदाताको नाम र दान रकम पढेर सुनाउनुभयो । आर्थिक अभावले पुर्ण गर्न नसकिएको उक्त हल सम्पन्न गर्न भोलिको दिनमा कहिं कतै बाट सहयोग नजुटेमा आफ्नी ममतामयी आमा संग मन्जुरी लिइ जग्गा बेचेर पनि पुर्णता दिलाउनेछु भनी प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापती तथा अन्तरराष्ट्रीय प्रशिक्षक रोशन खानले भवन निर्माणका मुख्य अभियन्ता दीपक बाबू नेपाल र समाजसेवामा सदा लागिरहन प्रेरणा दिने नेपालकी ममतामयी माता टिका कुमारी नेपाललाई र भवन निर्माणका संयोजक सुजन क्षेत्रीलाई चितवन तेक्वान्डो डोजाङ परिवारले सदा स्मरण गरिरहनेछ भन्नुभयो ।
निकट भविष्यमा नै तेक्वान्डो खेलमा सहभागी हुन चितवन तेक्वान्दो डोजाङबाट युरोप जान लाग्नुभएका १२ जना खेलाडी तथा प्रशिक्षकलाई सभापती तथा डोजाङका संरक्षक प्रल्हाद सापकोटाले गुणस्तरीय ट्र्याक शुट पनि प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया