रवि रोषी, चितवन ।
नेपाली कांग्रेस वडा नं. १३ प्रेमबस्तीमा बिपन्न चेपाङलाई नेका वडा कार्यसमितीले सहयोग प्रदान गरेको छ ।
प्रेमबस्ती टोल दयानगरमा बस्दै आएका अति बिपन्न सिमान्तकृत चेपाङ गोपाल प्रजाको जीर्ण घर भत्किएपछी नेपाली कांग्रेस वडा नं. १३ का वडा सभापतीको मुख्य पहलकदमीमा सो सहयोग हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ का महासमिती सदस्य भेषराज दुवाडी, क्षेत्रीय कोषाधक्ष्य लक्ष्मी थापा, वडा सदस्य हुकुम सुयेल, लगायत नेपाली कांग्रेस वडा नं. १३ का सकृय सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

अति नै बिपन्न गोपाल प्रजालाई सहयोग हस्तान्तरण गर्ने क्रममा महासमिती सदस्य दुवाडीले सुकुम्बासी समस्या नेपालको हकमा अति नै जटिल बन्दै गएको परिप्रेक्ष्यमा यस समस्याको समाधानको लागि क्याविनेट बैठकले नै निर्णय गरि समाधानको निकास निकाल्नु पर्ने कुरा बताए ।
चुनावी भोट खानकै निम्ति भुमिहीन सुकुम्बासीलाई भ्रममा पारी स्कुलको नाममा दर्ज भएको जग्गा दिलाउँछौं भन्दै भ्रमको खेती गर्नु भुमीहिनको अपमान हो भन्नू भयो ।
दीर्घकालीन सुकुम्बासी ब्यवस्थापन तर्फ नलागी एक दुई जना कार्यकर्ताले आफ्नो राजनितिक स्वार्थ हासिल गर्न संस्था, प्रतिष्ठानको नाममा दर्ज सार्वजनिक जग्गामा बस्ती बसाल्नु समस्याको निदान हैन, सुकुम्बासी ब्यवस्थापनका लागि जटिलताको जड बन्दै गएको बताउनुभयो ।
गरीव संग बिपिको सैद्दान्तिक नाराबाट अभिप्रेरित नेपाली कांग्रेसले सुकुम्बासीको दीर्घकालीन समस्या निराकरण गर्न राष्ट्रीय स्तरमै क्याविनेट बहस गरेर लाग्नुपर्ने र त्यही उधेश्यमा नेपाली कांग्रेस लागिरहेको बताउनुभयो । गरीवलाई आशा देखाएर उनिहरुको सेन्टिमेन्टल लुट्नु पनि भुमिहीनहरु माथी ठूलो अपमान हो भन्नुभयो । साथै यसको दीर्घकालीन समाधानको लागि नेपाली कांग्रेसले अब निकास खोज्ने कुरा पनि बताउनुभयो ।
सहयोग हस्तान्तरणको क्रममा वडा नं. १३ का सभापति टोम प्रसाद भट्टराइले नेपाली कांग्रेस वडा नं.१३ वडा समितीले १३ नं. वडा भरी रहेका असली भुमिहीन र बिपन्न बर्गका अति प्रभावित गरीव परिवारको घर घरमा गएर बिपन्न्हरुको दैनिक अवस्थिती स्थलगत अध्ययन गर्दै शीतकालीन जाडोमा न्यानो फाइवर सिरक बाँड्दै आएको र आगामी दिनमा पनि बिपन्न बर्गलाई अरुले झैं भ्रममुलक आशा बाँडेर हैन बिपन्न समुदाय संग जोडिएर शीपमुलक तालीम, अशक्तहरुलाई स्वास्थोपचार सहयोग तथा अन्य आयाआर्जन मुलक पेसामा आवद्द गराउन प्रेरित अवसर प्रदान गर्दै जाने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।
सोही क्रममा सभापती भट्टराई र वडा सदस्य हुकुम सुयेलले जस्ता पाता छाउन अपुग आर्थिक अभाव टार्न ब्यक्तिगत तर्फबाट नगद ३/३ हजार पनि प्रदान गर्नुभयो ।











