
महेश पाण्डे
चितवन । हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता रत्ननगर–१३, जयमंगलामा सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमाको अवसरमा आयोजना गर्ने गरिएको ब्याडमिण्टन प्रतियोगिता यस वर्ष पनि जयमंगलाको पेट्रोल पम्प रहको स्थान नजिकै फागुन २८ गते देखि सुरु भएको हो ।
प्रतियोगिताका संयोजक रमेश कट्टेलले रङ्गै रङको पर्व होलिमा स्थानिय खेलाडीको बिचमा माया र सद्भाव बढाउन प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रमका सह–संयोजक सोम गुरुङ्गले सो प्रतियोगितामा करिब २६ जना खेलाडिको सहभागिता रहेको जानकारी दिए । उनले सहभागी खेलाडीको खेलको स्तर हेरी कन समूह “ए” र समूह “बि” बनाई प्रतियोगिता सुरु गरिएको जानकारी दिए ।
प्रतियोगिताका अर्का सह–संयोजक कुञ्जन तिमल्सिनाले समूह “ए” मा १६ जना र समूह “बि” मा १० जनाको समूह बनाइएको र सो समूह बिचमा गोला प्रथाद्धारा खेलको तालिका बनाई नक आउट नियममा खेल खेलाइएको जानकारी दिए ।
अर्का सह–संयोजक आयुष बानियाले प्रतियोगिताको फाइनल चैत्र ३ गते फागु पुर्णिमाको दिनमा गरिने जानकारी दिए । उनले सो प्रतियोगितामा समूह “ए” बाट प्रथम हुनेलाई नगद रु १० हजार, सिल तथा मेडलको ब्यवस्था गरिएको जानकारी दिए । त्यस्तै समूह “बि” बाट प्रथम हुनेलाई नगद रु ६ हजारको साथमा सिल तथा मेडलको ब्यवस्था गरिएको जानकारी दिए । दुबै समूहबाट द्धितिय हुनेलाई भने सिल तथा मेडलको ब्यवस्था गरिएको बानीयाको भनाई रहेको छ ।
कार्यक्रमका सहयोगि तथा रत्ननगर वडा नं. १३ का वडा सदस्य अजित चौरेलले स्थानिय खेलाडीको खेल प्रतिको लगावलाई अझै माथी उकास्न वडाले सहयोग गरेको जानकारी दिए । उनले यस्ता प्रतियोगिताले स्थानिय खेलाडीको मनोभावना बढ्ने र स्वस्थ्य जिवनका लागि पनि खेल अति आवश्यक रहेकाले वडा सदैव यस्ता प्रतियोगितामा सहयोगी भएर काम गर्ने प्रति बद्धता पनि ब्यक्त गरे ।
सो प्रतियोगितामा रत्ननगर वडा नं. १३ को कार्यालय, ईन्द्रणी टाएल एण्ड मार्वल पसल, अर्जुन होम डेकोरेशन एण्ड काष्ठ फर्निचर उद्योग, सोम खाजा घर लगाएतको सहयोग रहेको प्रतियोगिताका प्रचार प्रसार संयोजक शुन्दर भट्टराईले जानकारी दिए ।