चैत्र १२,चितवन ।
भरतपुर १०, चितवन स्थित अर्किड स्कुलले साहित्य सृजनासंग सम्बन्धित कार्यक्रम “कफि हाउस”को आयोजना गरेको छ।

कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले सृजना गरेका साहित्यिक रचनाहरुलाई हस्त लिखित पुस्तककोरुपमा प्रस्तुत गरि सोही पुस्तकबाट उधृत गरिएका कविता, कथा,यात्रा सस्मरण आदि वाचन गरेका थिए।

स्कुलका प्राचार्य डा. खेम आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यकारहरु गोविन्दराज विनोदी, ईश्वर कंडेल, सिर्जन अविरल, विद्यालय संचालक समितिका अध्यक्ष गोपाल पराजुली ,सह प्राचार्य ओमराज मैनाली, नवोदय स्कुल, हेटौंडाका संयोजक अब्यक्त खनाल, संचारकर्मी मनोज पन्त, पठन संस्कृतिका अभियान्ता लेखराम सापकोटा, स्कुलकि नेपाली बिभाग प्रमुख भगवती ढकाल आदिको उपस्थिति रहेको थियो।

स्कुल परिसरमा आयोजित सो कार्यक्रमको संयोजक आधारभुत तह प्रमुख हरि सापकोटा र सह संयोजकमा शिक्षिका मीरा आचार्य रहेका थिए।

तपाईको प्रतिक्रिया