महेश पाण्डे
चितवन । पूर्वी चितवनको टाँडीमा रहेको प्रादेशिक अस्पताल बकुलहर रत्ननगर अस्पतालमा छुट्टैै मातृशिशु भवन बन्ने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको आधा÷आधा लगानी गर्ने गरेर करिब कुल बजेट १४ करोड ५० लाखको लागतमा मातृशिसु भवन बन्ने भएको हो । ३ वर्ष भित्रमा अर्थात आर्थीक वर्ष २०७९÷०८० मा सक्ने लक्ष्यका साथमा बन्न लागेको सो ३ तले भवनको आज (सोमबार) रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले शिलान्यास गरे ।

भवन शिलान्यास पछि बोल्दै नगर प्रमुख वनले पूर्वी चितवनमा रहेका कोही पनि आमा र बच्चाले अस्पतालको सेवा नपाएर ज्यान गुमाउन नपरोस भन्ने सोचका साथ सो भवनको निर्माण गर्न लागिएको जानकारी दिए । उनले रत्ननगर अस्पताल हेल्थ पोष्ट हुदै, नगरको रुपमा र अहिले प्रादेशिक अस्पतालको रुपमा अगाडी बढेकोमा नगर बासीका लागि पनि गौरबको कुरा भएको जिकिर गरे ।

उनले सो अस्पताललाई १०० वेडको अस्पताल बनाएर नर्सिङ्ग कलेजको रुपमा सञ्चालन गर्ने सपना आफ्नो रहेको बताउदै सो कुरा चाँडै पुरा हुनेमा आफु आशावादी रहेको बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै रत्ननगर नगर पालिकाकी उप–प्रमुख बिमला देवि दुवाडीले आमा तथा बच्चा हरुको लागि अस्पतालमा भवनको अभाव रहेकोमा अब भने भवन बनेसँगै समस्या नहुने बताइन् ।

उनले अस्पतालको सुरुवाती अवस्थामा धनधान्याञ्चल मार्फत केही रकम उठाई अस्पतालको बिकास प्रारम्भ गरिएको स्मरण गर्दै सो बेलामा अस्पताललाई सहयोग गर्छु भनेर कबुल गरेर पनि रकम अझै प्राप्त हुन नसकेकोले सो रकम आत्मसाक्षी राखेर अस्पताललाई सहयोग गर्न सबैलाई आग्रह पनि गरिन् ।

भवनको बारेमा जानकारी दिदै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिषिर पौडेलले ३ वर्ष भित्र बन्ने सो भवनको लागि यो आर्थीक वर्षमा प्रदेश सरकारले डेढ करोड र रत्ननगर नगरपालिकाले डेढ करोड रुपया खर्च गर्ने जानकारी दिए ।

उनले सो भवन निर्माणका लागि काठमाण्डौमा रहेको आशिष योगेश्वर गृह जेभीले ९ करोड ५८ लाखमा सो भवन निर्माणको लागि जिम्मा लिएको जानकारी दिए । पौडेलले सो ३ तले भवनमा अपरेशन, डेलिभरी रुम, जनरल वार्ड, ओपीडी रुम लगाएत आमा र बच्चासँग सम्बन्धितका सेवा दिन सकिने गरि कोठाहरु निर्माण हुने जिकिर गरे ।

रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्मचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अस्पतालका मेसु बिश्व बन्धु बगाले लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया