आशिष अधिकारी
२० चैत
नेपाली कांग्रेस चितवनले गठबन्धनका दलहरुको बिचमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । सातै पालिकामा छुट्टाछुट्टै सयन्त्र तयार गरि तालमेल प्रक्रियालाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।

नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्वाचनमा जाने निर्णय गरेको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनु भयो ।

बैठकमा केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु,महासमिति सदस्यहरु,पुर्व जिल्ला सभापतिहरु, सांसद, पुर्व सांसदहरु , क्षेत्रीय र प्रदेश सभापतिहरु,माहानगर भित्रका २९ वटा बडाका सभापतिहरुको उपस्तिथि रहेको थियोे ।

तपाईको प्रतिक्रिया