
हामीदेशभरबाट ६५ औँ राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेका छौ । नेपालमा नै पहिलो पटक सहकारी दर्ता भएको २०१३ चैत्र २० गते बखानसिङ सहकारी संस्थाहो । सोहीदिनको स्वरुपहामीले बर्षेनी राष्ट्रिय सहकारी दिवसका रुपमामनाउदै आइरहेका छौ । यस अवसरमामहासंघले देशभरका संघ संस्थालाई सहभागिहुनआह्वान गरेको छ । देशका विभिन्न जिल्लाहरुमा सरसफाई, रक्तदान, सेमिनार , गोष्ठि ,सहकारी ¥यालि लगायत विभिन्न खालका सामाजिक कार्यक्रम हुदै आएको छ ।
महासंंघले देशका सातै प्रदेशका उत्कृष्ट संघ सस्था, कर्मचारी, अभियान्ताहरु घोषणा गर्नेछ फेरि पनि हामीमा सुशासनका प्रश्नहरु धेरै उठ्ने गर्छ । सहकारी सुशासनको मुख्यआधार नै स्व–नियमहो । अहिलेको सहकारी तथ्याङकलाई हेर्ने हो भने अनुत्पादक क्षेत्रमा लगानी बढ्दो देखिदैछ । यसलाई हामीले उत्पादनमुलक क्षेत्रमा लगाएर समग्र मुलुकको आर्थिक विकास गर्नु पर्ने हुन्छ । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभई समग्र समुदाय र राष्ट्रकै उन्नति हुन्छ । केही देशका उदाहरण हेर्ने हो भने पनि सहकारी क्षेत्रहरुबाट हाम्रो पर निर्भरता घट्ने देखिन्छ । यस कारणले गर्दा सहकारील ेउत्पादन, उपभोग र बजारीकरणमा जोड दिनु पर्दछ । सदस्यहरुको आर्थिक समृद्धिको परिकल्पना गरी उत्पादनमुखी सहकारीमा पुग्नु पर्दछ ।
सहकारीको सिद्धान्त र मर्म के हो ? सञ्चालक, कर्मचारी र सदस्यहरुमा सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ । यो समस्या सहकारीको मुलचुनौति रहेको छ । आजको आवश्यकता भनेको प्रविधि मैत्री सेवा सुविधा दिनुहो । संस्थाहरुबाट सेवा र सदस्यहरुको चाहाना बीच तादाम्यता हुनुपर्दछ । तब मात्र सदस्यहरुको विश्वास, गुणस्तरियता तथा लोकप्रियता आर्जन गर्न सकिन्छ । यस कारणले गर्दा कुनैपनि सहकारी संस्थाहरु पहिले संस्थागत हुनु पर्नेछ । आबद्ध सदस्यहरुबीच भावनात्मक एकबद्धता हुनु जरुरी छ ।
आर्थिक तथा सामाजिक क्षेत्रमा अतुलनिय योगदान रहेको छ । सहकारीको संविधानभित्र ३ खम्बे अर्थतन्त्रको स्वरुप रहेको छ । छरिएको साना–सानापुजीँलाई एकिकृत गर्ने मात्रनभई नाङलोमा, ठेलागाडामा, फुटपाथदेखी ठुलाठुला निजी व्यवसायी क्षेत्रसम्म पुँजीलाई चलायमान बनाउने क्रम सहकारीले गर्दै आएको छ । ६ दशकयता हेर्ने हो भने देशको आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारीले महत्वपुर्ण योगदान पु¥याउन सफलभएको देखिन्छ । नेपालमा सहकारीको तथ्याङक हेर्ने हो भने अहिले ३० हजारहाराहारी छन जसमा ७४ लाख हाराहारी सदस्य रहेका छन । सहकारीहरुमा आबद्ध शेयर सदस्यमध्ये ५५% माथि महिलाहरु छन्, ५खर्ब भन्दा बढि बचत छ भने १ खर्ब भन्दा बढि शेयर पुँजी छ । १ खर्ब भन्दाबढि विभिन्न कोषहरुमा जम्मा भएको छ । हालदेशको आर्थिक क्षेत्रमा योगदानहेर्ने भने सहकारी क्षेत्र मार्फत ७ खर्ब बढि पुँजी परिचालितभएको छ । नेपालको GDP मा ५% र वित्तिय क्षेत्रमा १७% भन्दा बढि सहकारीको योगदान रहेको तथ्याङक छ ।
(आर्थिक उन्नती मात्र नभई सहकारीमा सबै क्षेत्र,जाती, लिङ्ख, वर्गको सहभागिता छ, भेदभाव देखिदैन तरपनि मर्म अनुसारको कर्म र सुशासन सहकारीमा अलि अलि धमिलो देखिन्छ ।)
उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि.