अजित अधिकारी
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा बितरण गर्दै, भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन नसकिने बताएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका २ मा रहेका भूमिहिन ४६ घरधुरीलाई लालपुर्जा बितरण गरेका हुन् ।

लाल पुर्जा बितरण गर्दै, उनले आँफुले बिगतको चुनावमा गरेका प्रतिबद्धताहरु पूरा गर्दै गएको बताए । उनले, भूमिहिन सुकुम्बासीहरुका लागि बिज्ञान प्रबिधिको बिकास गरेर यति छिटै लालपुर्जा बितरण गर्न सकिएको र यो नै प्रहिलो अभियान भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले राष्ट्रको रूपमा भएका बिकास निर्माणमा कोहीकसैले पनि यसमा दोषारोपण नगरौं सबै मिलेर काम गरौं भन्ने उनको सुझाव थियो ।

साथै उनले, राष्ट्रिय सहमतिबाट नै जमिनको समाधान गर्नुपर्ने तर्क राखेका थिए । आँफु र आफ्नो पार्टी बिगतदेखि आजसम्म सधैं देशलाई बचाउन र देशको हितको लागि बलिदानपुर्ण त्याग गरेको स्मरण गर्दै, शान्ति सम्झौता, संबिधान निर्माण गर्न, देशमा संघिय गणतन्त्र र लोकतन्त्र स्थापना गर्न र देशलाई संकटबाट बचाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

भूमि समस्याका लागि अहिले निर्माण गरिएको गठबन्धनको सरकार निरन्तर लागिरहेको र गठबन्धनको ब्यबस्था भएपछि भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागि निकास र बहुआयामिक बिकास यो गठबन्धनको सरकारले दिएको छ । भन्ने तर्क गर्दै, आगामी चुनावमा पनि गठबन्धनलाई लिएर जाने निर्णय गरिसकेको प्रचण्डले बताए ।

भूमिको समस्या समाधान नगरीकन भूमिको उत्पादकत्व वृद्धि गर्न र आधुनिकरणमा बिकास नगरेसम्म नेपालमा समृद्ध ल्याउन नसकिने र यसका लागि सबै मिलेर काम गर्नुपर्ने प्रतिबद्धता राख्दै, प्रचण्डले देशब्यापी रुपमा रहेको भूमि समस्यालाई अन्त्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

यसैगरि भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका २ का भूमिहिनहरुको रातो पुर्जा (लालपुर्जा) मा हस्ताक्षर गरी प्रक्रिया पूरा गरेसंगै यहाँका दलित भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नै धनी पुर्जा पाएका हुन् ।

यसैगरी भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम् उपस्थिति भएर लालपुर्जा बितरण गरिएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया