आशिष अधिकारी
चितवन । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा १३ जनाको र उप मेयरमा १३ जनाको मनोनयन दर्ता भएको छ ।

आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी ,दिघमान श्रेष्ठ,निलकनठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठ रहेका छन् ।
यस्तै, उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की,कल्पना पौडेल , देबेन्द्र गुरुङ,टकनाथ पौडेल,पुर्ण बाहादुर गुरुङ,राजिब न्यौपाने, बिरेन्द्र केसि,भुपतिदास सापकोटा, केदार नाथ बराल र रबि भद्र शर्मा खनालले मनोनयन दर्ता गराएका महानगर कांग्रेसले जनाएको छ ।
आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएसँगै मेयर र उपमेयरका लागि आकांक्षीहरु बढ्दै गएको महानगर प्रबक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए ।
नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार आज आइतबारबाट भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु गरिएको हो । मनोनयन भोलि सोमबार अपरान्न चार बजेसम्म चल्ने माहानगर काङ्ग्रेसले जनाएको छ ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको नर्विाचन गर्दै छ ।











